१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रगत रातो हुन्छ, तर नसा निलो–हरियो किन देखिन्छ ?

३ भाद्र २०७९, शुक्रबार ०८:५३

भदौ ३, काठमाडौं | रगतको रङ रातो हुन्छ, तर पनि हाम्रो शरीरको नसा निलो वा हरियो रङको देखिन्छ । साधारणतया अक्सिजनयुक्त रगत रातो हुने र अक्सिजनको स्तर कम भएको रगत निलो हुन्छ भन्ने गरिन्छ । तर यो साँचो होइन । रगतको रङ रातो मात्रै हुन्छ । रातो रक्त कोसिकामा प्रोटिन जसमा अक्सिजन हुन्छ, त्यसलाई हेमोग्लोबिन भनिन्छ । यसको प्रत्येक अणुमा आइरनका चार परमाणु हुन्छन् जसले रातो प्रकाशलाई दर्साउँछ । हाम्रो रगतलाई रातो रङ प्रदान गर्छ । रगतमा अक्सिजनको स्तरको आधारमा रातो रङको सेड फेरिने गर्छ ।


रगत भिन्न–भिन्न रातो रङको हुनसक्छ

जब हिमोग्लोबिनले फोक्सोबाट अक्सिजन लिन्छ, तब रगतको रङ चम्किलो चेरी रेड हुन्छ । त्यसपछि यो रगत धमनीमा र त्यहाँबाट शरीरको तन्तुसम्म जाने गर्छ । वासिङ्टन युनिभर्सिटीका हिमेटोलोजीका प्राध्यापक डा. क्लेबर फेरट्रिनका अनुसार शरीरका सबै तन्तुसम्म अक्सिजन पुर्याएपछि जब यो रगत फोक्सोमा फिर्ता आउँछ तब नसामा बग्ने अक्सिजन बिनाको रगत गहिरो रातो रङको हुन्छ ।

भन्नुको अर्थ के हो भने रगत भिन्न भिन्न रातो रङको हुनसक्छ तर मानिसको रगत निलो कहिल्यै हुँदैन । निलो देखिएको नसाबाट रगत निकालियो भने त्यो रातै हुन्छ ।

निलो वा हरियो नसा देखिनु भ्रम हो

डा. क्लेबर फेरट्रिनका अनुसार निलो र हरियो नसा देखिनु एक भ्रम हो किनभने नसा छालाको पातलो पत्रभित्र हुन्छ । हामीले देख्ने रङहरु हाम्रो रेटिनाले बुझेको वेभलेन्थमा आधारित हुन्छन् र छालाका विभिन्न तहले तहहरुले वेभलेन्थलाई विभिन्न तरिकाले छर्ने काम गर्छ ।

गहिरो रङको छाला मुनी, नसा धेरैजसो हरियो देखिन्छन् । जबकी हल्का रङको छाला मुनी नसा निलो वा पर्पल रङको देखिन्छन् । यस्तो यसकारण किनभने प्रकाशको हरियो र निलो वेभलेन्थ, रातो वेभलेन्थभन्दा छोटो हुन्छ । निलो प्रकाशको तुलनामा रातो प्रकाश मानव तन्तुमा प्रवेश गर्न राम्रो हुन्छन् । त्यसैले हाम्रो छालाले रातो वेभलेन्थलाई अवशोषित गर्छ र हरियो र निलो रङ परावर्तित हुने गर्छ र फिर्ता भएर हाम्रैतिर छरिने गर्छ ।

स्मरण रहोस्, रगत निलो पनि हुन्छ, तर मानिसको होइन । गँगटो, भिँगे माछा, अक्टोपस र माकुराको रगत निलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण