२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रगत रातो हुन्छ, तर नसा निलो–हरियो किन देखिन्छ ?

२०७९, ३ भाद्र शुक्रबार ०८:५३

भदौ ३, काठमाडौं | रगतको रङ रातो हुन्छ, तर पनि हाम्रो शरीरको नसा निलो वा हरियो रङको देखिन्छ । साधारणतया अक्सिजनयुक्त रगत रातो हुने र अक्सिजनको स्तर कम भएको रगत निलो हुन्छ भन्ने गरिन्छ । तर यो साँचो होइन । रगतको रङ रातो मात्रै हुन्छ । रातो रक्त कोसिकामा प्रोटिन जसमा अक्सिजन हुन्छ, त्यसलाई हेमोग्लोबिन भनिन्छ । यसको प्रत्येक अणुमा आइरनका चार परमाणु हुन्छन् जसले रातो प्रकाशलाई दर्साउँछ । हाम्रो रगतलाई रातो रङ प्रदान गर्छ । रगतमा अक्सिजनको स्तरको आधारमा रातो रङको सेड फेरिने गर्छ ।


रगत भिन्न–भिन्न रातो रङको हुनसक्छ

जब हिमोग्लोबिनले फोक्सोबाट अक्सिजन लिन्छ, तब रगतको रङ चम्किलो चेरी रेड हुन्छ । त्यसपछि यो रगत धमनीमा र त्यहाँबाट शरीरको तन्तुसम्म जाने गर्छ । वासिङ्टन युनिभर्सिटीका हिमेटोलोजीका प्राध्यापक डा. क्लेबर फेरट्रिनका अनुसार शरीरका सबै तन्तुसम्म अक्सिजन पुर्याएपछि जब यो रगत फोक्सोमा फिर्ता आउँछ तब नसामा बग्ने अक्सिजन बिनाको रगत गहिरो रातो रङको हुन्छ ।

भन्नुको अर्थ के हो भने रगत भिन्न भिन्न रातो रङको हुनसक्छ तर मानिसको रगत निलो कहिल्यै हुँदैन । निलो देखिएको नसाबाट रगत निकालियो भने त्यो रातै हुन्छ ।

निलो वा हरियो नसा देखिनु भ्रम हो

डा. क्लेबर फेरट्रिनका अनुसार निलो र हरियो नसा देखिनु एक भ्रम हो किनभने नसा छालाको पातलो पत्रभित्र हुन्छ । हामीले देख्ने रङहरु हाम्रो रेटिनाले बुझेको वेभलेन्थमा आधारित हुन्छन् र छालाका विभिन्न तहले तहहरुले वेभलेन्थलाई विभिन्न तरिकाले छर्ने काम गर्छ ।

गहिरो रङको छाला मुनी, नसा धेरैजसो हरियो देखिन्छन् । जबकी हल्का रङको छाला मुनी नसा निलो वा पर्पल रङको देखिन्छन् । यस्तो यसकारण किनभने प्रकाशको हरियो र निलो वेभलेन्थ, रातो वेभलेन्थभन्दा छोटो हुन्छ । निलो प्रकाशको तुलनामा रातो प्रकाश मानव तन्तुमा प्रवेश गर्न राम्रो हुन्छन् । त्यसैले हाम्रो छालाले रातो वेभलेन्थलाई अवशोषित गर्छ र हरियो र निलो रङ परावर्तित हुने गर्छ र फिर्ता भएर हाम्रैतिर छरिने गर्छ ।

स्मरण रहोस्, रगत निलो पनि हुन्छ, तर मानिसको होइन । गँगटो, भिँगे माछा, अक्टोपस र माकुराको रगत निलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने