१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रंखलाबद्ध रुपमा फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने ३ किशोर पक्राउ

४ भाद्र २०७९, शनिबार ०६:५४

भदौ ४, काठमाडौं | सामाजिक सञ्जाल फसबुक अकाउन्ट ह्याक गरी पैसा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र १८ वर्षीय भवेश राजवंशी रहेका छन् ।


आरोपित किशोरहरूलाई लुकेर बसेको अवस्थामा झापाको भद्रपुरबाट पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीलेका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।

विभिन्न मानिसहरूले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ह्याक भई पैसा माग्ने काम भइरहेकाे उजुरी दिएपछि तीन किशाेर पक्राउ परेकाे उनले बताए ।

यी किशोर लामो समयदेखि ठगीको कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले २५ भन्दा बढी फेसबुक अकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिबाट दुई लाख रुपैयाँभन्दा बढी ठगी गरेको डीएसपी राईले जानकारी दिए ।

कम्प्युटर विज्ञान विषय अध्ययनरत यी किशोरले सफ्टवेयर तथा वेबसाइट तयार पारी मानिसहरूको अकाउन्ट ह्याक गर्ने गरेको पाइएको उनले बताए ।

उनीहरूले फेसबुक अकाउन्टको पासवर्ड चोर्नका लागि त्यस्ता वेबसाइट तथा सफ्टवेयर तयार पारेका थिए, जसमा सर्वसाधारणले सजिलै विश्वास गरेर त्यहाँ भनिएका प्रकिया अपनाउँथे ।

विशेषगरी उनीहरूले सामाजिक सञ्जालमा फोटो प्रयोग गर्दै ‘विट्यू कन्टेस्ट’ आयोजना गर्थे, जसमा भोट गर्नका लागि प्रयोगकर्ताले साइट खोल्नुपर्ने हुन्थ्यो ।

साइट खोलिसकेपछि उनीहरूको पासवर्ड यी किशाेरले पाउँथे । पासवर्ड पाइसकेपछि उनीहरूले सो व्यक्ति सबैभन्दा नजिक वा सबैभन्दा धेरै कुरा कोसँग गर्छ भन्ने पत्ता लगाउँथे ।

त्यसपछि आफू बिरामी परेको वा अन्य कारण देखाउँदै पैसा माग्ने गर्थे ।

उनीहरूले उपलब्ध गराउने ई-सेवा वा खल्तीका अकाउन्ट अरूको नामबाट खोलिएको समेत अनुसन्धानमा खुलेको  छ ।

पीडितले दिएको जाहेरीमा फेसबुकको पासवर्ड आफूले पाइसकेपछि पनि उनीहरूले पुरानो पासवर्ड परिवर्तन नगरेको र केही दिनपछि पैसा दिने व्यक्तिले सापटी पैसा माग्दा मात्र थाहा हुने गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण