भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।&"/>
२०८२, ४ चैत्र बुधबार
काठमाडौँ - KTM

निष्ठाको राजनीति अगाडि बढाउनुपर्छ: नारायणकाजी

२०७३, ३० भाद्र बिहीबार ०९:१२

भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

तत्कालीन एकीकृत नेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीको दोस्रो स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा उनले जनताको पक्षमा राजनीति गर्ने हो भने निष्ठाको राजनीतिको विकल्प बताएका हुन् । 

माओवादीले बोगटी जस्ता नेताबाट निष्ठाको राजनीति सिक्न सक्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले माओवादीले निष्ठाको राजनीतिलाई अवलम्बन गर्नसके मात्रै बोगटीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । 

स्मृतिसभामा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रतिष्ठानलाई व्यवस्थित बनाउन पहल भइरहेको बताए । उनले बोगटी कम्युनिस्ट आन्दोलनका एक इमान्दार सिपाही भएकाले उनको सम्मानमा पार्टी र सरकारको तर्फबाट महत्वपूर्ण सहयोग हुने विश्वास दिलाए । 

तत्कालीन एमाओवादीका महासचिव पोस्टबहादुर बोगटीको हृदयाघातका कारण निधन भएको थियो । माओवादीभित्र इमान्दार नेताको छवि बनाउनुभएका बोगटी सामान्य किसान परिवारबाट कम्युनिस्ट पार्टीको उच्च तहमा पुग्ने थोरै नेतामध्ये एक थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी