भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।&"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

निष्ठाको राजनीति अगाडि बढाउनुपर्छ: नारायणकाजी

३० भाद्र २०७३, बिहीबार ०९:१२

भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

तत्कालीन एकीकृत नेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीको दोस्रो स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा उनले जनताको पक्षमा राजनीति गर्ने हो भने निष्ठाको राजनीतिको विकल्प बताएका हुन् । 

माओवादीले बोगटी जस्ता नेताबाट निष्ठाको राजनीति सिक्न सक्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले माओवादीले निष्ठाको राजनीतिलाई अवलम्बन गर्नसके मात्रै बोगटीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । 

स्मृतिसभामा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रतिष्ठानलाई व्यवस्थित बनाउन पहल भइरहेको बताए । उनले बोगटी कम्युनिस्ट आन्दोलनका एक इमान्दार सिपाही भएकाले उनको सम्मानमा पार्टी र सरकारको तर्फबाट महत्वपूर्ण सहयोग हुने विश्वास दिलाए । 

तत्कालीन एमाओवादीका महासचिव पोस्टबहादुर बोगटीको हृदयाघातका कारण निधन भएको थियो । माओवादीभित्र इमान्दार नेताको छवि बनाउनुभएका बोगटी सामान्य किसान परिवारबाट कम्युनिस्ट पार्टीको उच्च तहमा पुग्ने थोरै नेतामध्ये एक थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव