असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्"/>
2026-08-16 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि प्रयोगकर्तालाई तनाब दिने खालको छ । 

अमेरिकी मोवाइल उत्पादन कम्पनी एप्पलले हालै सार्वजनिक गरेको आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको बिभिन्न समाचार एजेन्सीहरुले समाचार लेखेका छन् ।

सेभेन र सेभेन प्लसमा खरिद गरेका केहि उपभोक्ताले बताए अनुसार नयाँ फोनबाट अनौठो आवाज आउने गरेको छ, जुन सर्पको आवाजजस्तो सुनिन्छ । रिपोर्टका अनुसार यो आवाज एप्पलको ए १० फ्युजन प्रोसेसरकै हुनसक्छ ।

समाचारहरुका अनुसार स्टेफन हैकेट नामका एकजना ब्लगरले आइफोन सेभेनमा यो अनौठो आवाज नोट गरेका थिए । उनले ट्वीटरमा यसको भिडियो लिंक पोष्ट गर्दै लेखेका छन्, ‘मेरो आइफोन सेभेनमा बढी लोड हुँदा निक्कै खराव आवाज उत्पादन भइरहेको छ ।’

एप्पलका पूर्व पिआर तथा अहिले टेकचर्चका लेखक ड्यारल इरिङटनले पनि यो समस्याबारे बोलेका छन् । उनले एक ट्वीटमा भने, ‘भर्खरै बक्सबाट निकालिएको ब्राण्ड न्यु डिभाइसले पनि यस्तै आवाज निकालिरहेको छ ।’ एप्पलले यसबारेमा अझै आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । तर स्टेफन हैकटले भनेका छन् कि एप्पल केयरमा उनले यसबारे कुरा गर्दा उनलाई नयाँ डिभाइस रिप्लेस गर्ने सल्लाह दिइयो ।

वर्ज अनलाइनका अनुसार हिसिङ आवाज वास्तवमा नोइज हो, जुन प्रोसेसरबाट पैदा हुन्छ । रिपोर्टका अनुसार केहि प्रयोगकर्तामा यो समस्या देखिएको छ र आइफोनको पहिलो उत्पादनमा केहि गडबढी भएको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट