असोज १०, भोजपुर । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । 

माथिल्लो भेगका किसान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, भोजपुर । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । 

माथिल्लो भेगका किसान"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिराइतो खेतीमा रोग लागेपछि किसान चिन्तित

१० आश्विन २०७३, सोमबार ०५:५८

असोज १०, भोजपुर । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । 

माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन् । 

खेती लगाएर हुर्कर्दै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा गिरावट आई आम्दानी गुम्ने भएको षडानन्द नगरपालिका–८ का कमल भुजेलले बताउनुभयो । उहाँका अनुसार “दाम आउने बोट जरासितै मर्न थालेको छ,” “बगानै खत्तम हुन लागेको छ, हाम्रो खाने लाउने, घरखर्च टार्ने मेलोमेसो नै गुम्न लागेको छ ।” 

कृषि विकास कार्यालय भोजपुरमा उपचार पद्धतिबारे सोधपुछ गर्दा अनविज्ञता व्यक्त गरेको सोही ठाउँका अर्का कृषक ग्याल्जेन शेर्पाले बताउनुभयो । 

माथिल्लो भेगको एक हजार ७०० देखि तीन हजार मिटर उचाइसम्ममा उत्पादन हुने चिराइतोबाट पोहोर साल प्रतिघर रु २४ लाख कमाएका किसानले यस वर्ष भाउ पाए पनि रु ५० हजारसमेत बनाउन नसक्ने अनुमान लगाइसकेका छन् । छोटो र कम लगानीबाटै अत्यधिक आम्दानी लिन सकिने भएपछि विगत छ वर्षदेखि परम्परागत खेतीलाई छाडेर नगदेबाली चिराइतोमा भोजपुरका कृषक आकर्षित बनेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल