२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीको पाँचवटा कृषि परियोजनालाई पचास लाख अनुदान

३ कार्तिक २०७३, बुधबार ०९:४१

कात्तिक ३, म्याग्दी । पाँचवटा कृषि परियोजनाले रु ५० लाख अनुदान पाउने भएका छन् । 

व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट०ले तरकारीखेती र पशुपालन सम्बन्धी दुईदुईवटा तथा फलफूलखेतीका लागि एउटा परियोजनालाई रु दशदश लाख अनुदान उपलब्ध गराउन लागेको हो । 

तरकारी खेतीतर्फ भकिम्लीको क्रियटिभ कृषि फार्म, बिमको मालीका एग्रो गु्रप र हिस्तानको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल कृषक समूहसँग अनुदान सम्झौता भएको आयोजनाको सहयोग समूहको कार्यालय पोखराका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै बाख्रापालनका लागि भुरुङ तातोपानीको रुप्से वृहत्तर कृषि सहकारी र चिज उत्पादनका लागि घारको निलगिरि गाईपालन कृषक समूहसँग सम्झौता भइसकेको छ । कृषकले २५ प्रतिशत लगानी गरेपछि दुई किस्तामा रु दश लाख अनुदान उपलब्ध गराइने व्यवस्था छ । परियोजनाले बागलुङ, पर्वत, म्याग्दी, गुल्मी र गोर्खाका ७५ वटा फार्म, सहकारी र समूहलाई अनुदान उपलब्ध गराउन सम्झौता गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव