२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीको पाँचवटा कृषि परियोजनालाई पचास लाख अनुदान

२०७३, ३ कार्तिक बुधबार ०९:४१

कात्तिक ३, म्याग्दी । पाँचवटा कृषि परियोजनाले रु ५० लाख अनुदान पाउने भएका छन् । 

व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट०ले तरकारीखेती र पशुपालन सम्बन्धी दुईदुईवटा तथा फलफूलखेतीका लागि एउटा परियोजनालाई रु दशदश लाख अनुदान उपलब्ध गराउन लागेको हो । 

तरकारी खेतीतर्फ भकिम्लीको क्रियटिभ कृषि फार्म, बिमको मालीका एग्रो गु्रप र हिस्तानको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल कृषक समूहसँग अनुदान सम्झौता भएको आयोजनाको सहयोग समूहको कार्यालय पोखराका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै बाख्रापालनका लागि भुरुङ तातोपानीको रुप्से वृहत्तर कृषि सहकारी र चिज उत्पादनका लागि घारको निलगिरि गाईपालन कृषक समूहसँग सम्झौता भइसकेको छ । कृषकले २५ प्रतिशत लगानी गरेपछि दुई किस्तामा रु दश लाख अनुदान उपलब्ध गराइने व्यवस्था छ । परियोजनाले बागलुङ, पर्वत, म्याग्दी, गुल्मी र गोर्खाका ७५ वटा फार्म, सहकारी र समूहलाई अनुदान उपलब्ध गराउन सम्झौता गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने