दलसिंह गिरी | कात्तिक १९, कालिकोट | हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | कात्तिक १९, कालिकोट | हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला प"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बजारमा काचो सुन्तलाको ब्यापार बढ्दो, कृषि कार्यालय भने बेखबर

१९ कार्तिक २०७३, शुक्रबार १३:३२

दलसिंह गिरी | कात्तिक १९, कालिकोट | हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला पूर्ण पाक्ने र खान योग्य हुने भएपनि ब्यापारीहरुले छिट्टै पैसा कमाउने दाउका कारण बजारमा काचो सुन्तलाको बेचविखन बढेको हो ।

काचो सुन्तला विक्रि वितरण गर्दा यसको गुणस्तर खस्किने भन्दै दैलेख अछाम जस्ता जिल्लाहरुमा काचो सुन्तला विक्रि वितरण नगर्न कृषकहरुलाई त्यहाको कृषि विकास कार्यालयहरुले निर्देशन दिने गरेपनि कालिकोट कृषि विकास कार्यालयले काचो सुन्तला बिक्रि वितरण रोकथामको लागि कुनै पहल गरेको पाइदैन । काचो स्याउ विक्रि वितरण रोकथाम एवं स्याउको गुणस्तरियता बारे संचार माध्यम मार्फत प्रचार प्रशार तथा कृषि सेवा केन्द्र मार्फत जागरण अभियान संचालन गरेपनि काचो सुन्तला विक्री वितरणमा रोक लगाउन कुनै खास अभियान संचालन नगरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत एवं निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनु भएको छ । 

जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लाका केही गाउँहरुलाई सुन्तला गाउँ नै घोषणा गरी सुन्तलाको बगैचा विस्तार अभियानलाई अगाडी बढाए पनि बगैचामा फलेका सुन्तलाहरु पूर्ण नपाक्दै बजारमा आउने सुन्तलाको रोक थाम तथा कृषकहरुलाई काचो सुन्तला विक्रीको दिर्घकालिन असरबारे कुनै जानकारी दिन नसकेको जिल्लाका जानकारहरु बताउछन् ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटले बदालकोटको बरातु, सिपखानाको जनालीकोट र सुकाटियामा सुन्तला गाउँ अभियान संचालन गरेको छ । हाल जिल्ला भर १ सय १३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको र अझै १ सय ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्न सकिने कृषि विकास कार्यालयको तथांकमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता