दलसिंह गिरी | कात्तिक १९, कालिकोट | हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | कात्तिक १९, कालिकोट | हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला प"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बजारमा काचो सुन्तलाको ब्यापार बढ्दो, कृषि कार्यालय भने बेखबर

२०७३, १९ कार्तिक शुक्रबार १३:३२

दलसिंह गिरी | कात्तिक १९, कालिकोट | हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला पूर्ण पाक्ने र खान योग्य हुने भएपनि ब्यापारीहरुले छिट्टै पैसा कमाउने दाउका कारण बजारमा काचो सुन्तलाको बेचविखन बढेको हो ।

काचो सुन्तला विक्रि वितरण गर्दा यसको गुणस्तर खस्किने भन्दै दैलेख अछाम जस्ता जिल्लाहरुमा काचो सुन्तला विक्रि वितरण नगर्न कृषकहरुलाई त्यहाको कृषि विकास कार्यालयहरुले निर्देशन दिने गरेपनि कालिकोट कृषि विकास कार्यालयले काचो सुन्तला बिक्रि वितरण रोकथामको लागि कुनै पहल गरेको पाइदैन । काचो स्याउ विक्रि वितरण रोकथाम एवं स्याउको गुणस्तरियता बारे संचार माध्यम मार्फत प्रचार प्रशार तथा कृषि सेवा केन्द्र मार्फत जागरण अभियान संचालन गरेपनि काचो सुन्तला विक्री वितरणमा रोक लगाउन कुनै खास अभियान संचालन नगरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत एवं निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनु भएको छ । 

जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लाका केही गाउँहरुलाई सुन्तला गाउँ नै घोषणा गरी सुन्तलाको बगैचा विस्तार अभियानलाई अगाडी बढाए पनि बगैचामा फलेका सुन्तलाहरु पूर्ण नपाक्दै बजारमा आउने सुन्तलाको रोक थाम तथा कृषकहरुलाई काचो सुन्तला विक्रीको दिर्घकालिन असरबारे कुनै जानकारी दिन नसकेको जिल्लाका जानकारहरु बताउछन् ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटले बदालकोटको बरातु, सिपखानाको जनालीकोट र सुकाटियामा सुन्तला गाउँ अभियान संचालन गरेको छ । हाल जिल्ला भर १ सय १३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको र अझै १ सय ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्न सकिने कृषि विकास कार्यालयको तथांकमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश