महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तर"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

राजनीति र तरकारी एकैसाथ-तरकारी खेतीबाट बार्षिक ४ लाख आम्दानी

२५ कार्तिक २०७३, बिहीबार ०५:०९

महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि अहिले करेसाबारीमा उनलाई तरकारी टिप्नको लागि भ्याईनभ्याई छ ।
ग्रामीण कृषि कार्यकर्ता संजालको केन्द्रीय अध्यक्ष समेत रहेका उनले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन् । सात रोपनी जग्गामा टनेलभित्र गोलभेँडा, काउली, बन्दागोभी, रायो, मुला, काँक्रो, लौका, खुर्सानी, करेला, आलु लगायत तरकारी सँगै च्याउखेती गर्दै आएका उनले बार्षिक पाँच लाख सम्म आम्दानी हुने बताए ।  झण्डै १० लाखको लगानीमा व्यवसायी तरकारी खेती गरेका उनले व्यवसायी तरकारी खेतीबाट आफु सन्तुष्ट रहेको बताउँछन् । तीन वर्ष मलेसियामा समय विताए तर सोचेजस्तो कमाई हुन सकेन । आफ्नै खेतबारीमा परिवासँगै तरकारी व्यवसाय गर्छु सुखदुख परिवासँग साटेर बस्छु भन्ने सोच बनाए अहिले राम्रो आम्दानी भएको छ उनले भने । घरपरिवारको साथमा छु व्यवसाय र राजनीति संगै लिएर हिडेको छु भुषालले भने ।


उनले आफ्नो टनेलबाट उत्पादन भएका तरकारी पोखरा लगेर विक्रि गर्दै आइरहेका छन । ढुवानीको समस्या भएता पनि आफ्नो उत्पादन भएको तरकारी छिमेकी जिल्ला बाग्लुङ, गुल्मी, स्याङ्जा, पोखरासम्म पुग्ने गरेको बताउँछन । तरकारी खेतीबाट आम्दानी गरेका भुषाल आफु मात्रै आत्मनिर्भर नभई गाउँलाई पनि तरकारीमा आत्मनिर्भर र व्यवसायी बनाउने सोचमा रहेका बताउँछन् ।
“वहाकी र शालिग्राम गाविसमा कृषिको पकेट क्षेत्र बनाएर तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम लैजाने तयारी गरेको छु” अब म मात्रै नभई यहाँका व्यवसायी तरकारी खेती गर्न इच्छुक कृषकहरुलाई पनि आफु्सँगै व्यवसायीक बनाउने सोचमा छु , उनले भने ।


नेकपा माओवादीको गाउँ कमिटिको सदस्यबाट राजनीति शुरु गरेका भुषाल अहिले नेकपा माओवादीका केन्द्रिय सदस्य छन् । उनी राजनीतिमा मात्रै नभई पत्रकारिता क्षेत्रमा समेत सक्रिय रुपमा लागेका छन् । स्थानीय तथा केन्द्रिय स्तरका मिडियामा समेत काम गरेका उनी पछिल्लो समयमा राजनीति, व्यवसाय र पत्रकारितालाई एकैसाथ लिएर अगाडि बढिरहेका छन् ।
राजनीति, व्यवसाय र पत्रकारिता एकैसाथ गर्नको लागि अप्ठेरो भएता पनि निकै रमाईलो भएको उनको अनुभव छ । इच्छा शक्ति भए काम गर्नको लागि अरु क्षेत्रमा लाग्न हुदैन भन्नेहरुलाई उनको त्रिकोणात्मक कार्यशैलीले चकित तुल्याएको छ । बेमौसमी तथा मौसमी तरकारी खेतीबाट निकै राम्रो आम्दानी गरेका भुषालको स्थानीयबासीले सिको गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन