महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तर"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

राजनीति र तरकारी एकैसाथ-तरकारी खेतीबाट बार्षिक ४ लाख आम्दानी

२०७३, २५ कार्तिक बिहीबार ०५:०९

महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि अहिले करेसाबारीमा उनलाई तरकारी टिप्नको लागि भ्याईनभ्याई छ ।
ग्रामीण कृषि कार्यकर्ता संजालको केन्द्रीय अध्यक्ष समेत रहेका उनले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन् । सात रोपनी जग्गामा टनेलभित्र गोलभेँडा, काउली, बन्दागोभी, रायो, मुला, काँक्रो, लौका, खुर्सानी, करेला, आलु लगायत तरकारी सँगै च्याउखेती गर्दै आएका उनले बार्षिक पाँच लाख सम्म आम्दानी हुने बताए ।  झण्डै १० लाखको लगानीमा व्यवसायी तरकारी खेती गरेका उनले व्यवसायी तरकारी खेतीबाट आफु सन्तुष्ट रहेको बताउँछन् । तीन वर्ष मलेसियामा समय विताए तर सोचेजस्तो कमाई हुन सकेन । आफ्नै खेतबारीमा परिवासँगै तरकारी व्यवसाय गर्छु सुखदुख परिवासँग साटेर बस्छु भन्ने सोच बनाए अहिले राम्रो आम्दानी भएको छ उनले भने । घरपरिवारको साथमा छु व्यवसाय र राजनीति संगै लिएर हिडेको छु भुषालले भने ।


उनले आफ्नो टनेलबाट उत्पादन भएका तरकारी पोखरा लगेर विक्रि गर्दै आइरहेका छन । ढुवानीको समस्या भएता पनि आफ्नो उत्पादन भएको तरकारी छिमेकी जिल्ला बाग्लुङ, गुल्मी, स्याङ्जा, पोखरासम्म पुग्ने गरेको बताउँछन । तरकारी खेतीबाट आम्दानी गरेका भुषाल आफु मात्रै आत्मनिर्भर नभई गाउँलाई पनि तरकारीमा आत्मनिर्भर र व्यवसायी बनाउने सोचमा रहेका बताउँछन् ।
“वहाकी र शालिग्राम गाविसमा कृषिको पकेट क्षेत्र बनाएर तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम लैजाने तयारी गरेको छु” अब म मात्रै नभई यहाँका व्यवसायी तरकारी खेती गर्न इच्छुक कृषकहरुलाई पनि आफु्सँगै व्यवसायीक बनाउने सोचमा छु , उनले भने ।


नेकपा माओवादीको गाउँ कमिटिको सदस्यबाट राजनीति शुरु गरेका भुषाल अहिले नेकपा माओवादीका केन्द्रिय सदस्य छन् । उनी राजनीतिमा मात्रै नभई पत्रकारिता क्षेत्रमा समेत सक्रिय रुपमा लागेका छन् । स्थानीय तथा केन्द्रिय स्तरका मिडियामा समेत काम गरेका उनी पछिल्लो समयमा राजनीति, व्यवसाय र पत्रकारितालाई एकैसाथ लिएर अगाडि बढिरहेका छन् ।
राजनीति, व्यवसाय र पत्रकारिता एकैसाथ गर्नको लागि अप्ठेरो भएता पनि निकै रमाईलो भएको उनको अनुभव छ । इच्छा शक्ति भए काम गर्नको लागि अरु क्षेत्रमा लाग्न हुदैन भन्नेहरुलाई उनको त्रिकोणात्मक कार्यशैलीले चकित तुल्याएको छ । बेमौसमी तथा मौसमी तरकारी खेतीबाट निकै राम्रो आम्दानी गरेका भुषालको स्थानीयबासीले सिको गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह