५ जेष्ठ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक

१० बैशाख २०८२, बुधबार २१:१५

कोलम्बो । विश्व बैंकका अनुसार सबैभन्दा खराब आर्थिक सङ्कटबाट अर्थतन्त्रले ‘उल्लेखनीय सुधार’ गरेको भए पनि श्रीलङ्काको करिब एक चौथाइ जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् ।

दक्षिण एसियाली यस मुलुकको वृद्धिले बैंकको चार दशमलव चार प्रतिशतको पूर्वानुमानलाई पार गर्दै सन् २०२४ मा पाँच प्रतिशत दर्ता गरेको छ । यो सन् २०२२ को सङ्कट पछि पहिलो आर्थिक विस्तार हो ।

“अर्थतन्त्र सुधार हुँदै जाँदा धेरै श्रीलङ्कालीहरू अझै पनि सङ्घर्ष गरिरहेका छन्… सन् २०२४ मा गरिबीको दर २४ दशमलव पाँच प्रतिशतमा खतरनाक रूपमा उच्च रहेको छ”, बैंकले मुलुकको पछिल्लो अपडेटमा भन्यो, “श्रम बजारले निरन्तर सङ्घर्ष गरिरहेको छ, जसले गर्दा मानिसहरूले विदेशमा अवसरहरू खोज्दा आप्रवासन बढेको छ । घरको आम्दानी, रोजगारी र समग्र कल्याण सङ्कटपूर्वको स्तरभन्दा निकै तल रहेको छ ।”

बैंकले तलब अझै सन् २०१९ को स्तरमा पुग्न बाँकी रहेको बताएको छ । त्यसबेलादेखि दैनिक तीन दशमलव ६५ डलरभन्दा कम कमाउनेहरूद्वारा मापन गरिएको गरिबी दोब्बर भएको छ ।

आंशिक रूपमा अमेरिकी भन्सार दरमा तीव्र वृद्धिबाट उत्पन्न विश्वव्यापी व्यापार अनिश्चितताका कारण सन् २०२५ मा तीन दशमलव पाँच प्रतिशतको वृद्धि मध्यम हुने बैंकले अनुमान गरेको छ ।

खाद्यान्न, इन्धन र औषधि जस्ता आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलङ्काले सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न असफल भएको थियो ।

आवश्यक वस्तुहरूको तीव्र अभावका कारण महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेलाई अपदस्थ गरेको थियो ।

उहाँका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट दुई अर्ब ९० करोड चार वर्षे राहत ऋण सुरक्षित गर्नुभयो, अनुदानहरू कटौती गर्नुभयो र अर्थव्यवस्थालाई स्थिर पार्न करहरू बढाउनुभयो ।

आइएमएफले यस महिनाको सुरुमा अमेरिकी भन्सार शुल्कहरू पुनःस्थापित भएमा श्रीलङ्काको पुनरुत्थान कमजोर हुन सक्ने चेतावनी दिएको थियो ।

संयुक्त राज्य अमेरिका श्रीलङ्काको सबैभन्दा ठूलो एकल बजार हो, जसले १२ अर्बको व्यापारिक निर्यातको लगभग एक चौथाइ ओगटेको छ । व्यापार सन्तुलन यो सानो दक्षिण एसियाली राष्ट्रको पक्षमा छ ।

वासिङ्टनले ९० दिनका लागि स्थगित गर्नुअघि यस टापु राष्ट्रमा ४४ प्रतिशत ‘पारस्परिक भन्सार शुल्क’ लगाएको थियो ।

श्रीलङ्काले कुनै प्रतिक्रिया दिएको छैन तर यसको सट्टा वासिङ्टनसँग वार्ताका लागि अपिल गरेको छ ।

सेप्टेम्बरमा सत्तामा आउनुभएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको नेतृत्वमा रहेको वामपन्थी प्रशासनले आफ्ना पूर्ववर्तीको धेरै मितव्ययिता उपायहरू कायम राखेको छ र वासिङ्टनसँग वार्ता रणनीति बनाउन सबै पक्षलाई मिलेर काम गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता