पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दु"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डडेल्धुराका ग्रामिण सडकहरुको स्तर सुधार गरीदै

१८ पुष २०७३, सोमबार १५:१२

पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक सुधार हुनुले अपिर्य घट्ना हुन बाट समेत जोगाउने उग्रतारा सार्वजनिक यातायातका सवारी चालक गगांराम भट्टले बताएका छन । साघँुरो बाटोका कारण बिपरित दिशाबाट गाडि आउँदा सयौं मिटर पछाडी लगेर साईड दिनु पर्ने अबस्था थियो तर अब फराकिलो बाटो र घुम्ति पनि चौडा हुँदा सजिलो भएको चालकहरुको भनाई छ । डडेल्धुराको उग्रतारा–मेलौली, बागबजार–बगरकोट–भागेश्वर, बगरकोट–रुपाल, भात्काँडा–अशिग्राम र अमरगढी र परशुरम नगरपालिका भित्र रहेका सडक खण्डहरुको स्तरोन्नती भई रहेको जिल्ला प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।

    साथै उग्रतारा–मेलौली, बागबजार बगरकोट सडक खण्डहरुको केही भाग कालोपत्रे समेत भईरहेको प्राविधिक कार्यालय डडेल्धुराका सहायक सव–ईन्जिनियर टेकबहादुर भण्डारीले जानकारी दिएका छन । पुराना सडकहरु कालोपत्रे बनिरहेका छन भने नँया र ग्रमिण क्षेत्र जोड्ने सडकहरु क्रमिक रुपम स्तर सुधार भईरहेको जिल्ला विकास समिती डडेल्धुराका सुचना अधिकृत कृष्णदेव भट्टले बताएका छन । सडकको चाप र यात्रुहरुको पिडालाई मध्यनजर गरि सडक सुधार भईरहेको अधिकृत भट्टले बताएका छन । सडकको स्तरोन्नती भएपछि ग्रामिण क्षेत्रका सर्वसाधारणहरु हर्षित भएका छन । सडकको स्तरोन्नती भईरहेको भएतापनि सडक नाली नबन्दा भने वर्षातको समयमा सडकको अवस्था विग्रन सक्ने समेत सरोकारवालाको चिन्ताको विषय बनेको छ । सडकको चौडाई र घुम्तिहरुको सुधार सगैं नालीको पनि व्यवस्था गरिनु पर्ने उपभोक्ताहरुको भनाई छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता