2026-10-18 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूल्य नपाउँदा अदुवा किसान मर्कामा

चैत १४, तेह्रथुम । थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले राम्रो मूल्य पाएको देखेपछि यसैको खेती गर्ने सोच बनाए । उनले प्रतिकेजी रु ५० दरले बीउ किनेर पाँच रोपनी जमिनमा रोपे । 

अघिल्लो वर्षको जस्तो अदुवाले मूल्य पाएको भए उनले यो वर्ष रु चार लाख बढी आम्दानी सहजै गर्ने थिए । तर, उनलाई यसपालि लगानी उठाउन नै धौ–धौ परेको छ । उत्पादित अदुवाले राम्रो मूल्य नपाउँदा तिम्सिना जस्ता धेरै अदुवा किसान मर्कामा परेका छन् । अदुवाको बिक्री घटेपछि किसानको लगानी नै डुब्ने अवस्था भएको छ । 

म्याङलुङ नगरपालिका–२ का अदुवा किसान ठगमाया भण्डारीले गत वर्ष जस्तै मूल्य पाउने आशामा यो वर्ष ३० क्विन्टल अदुवा फलाइन् । तर यही वर्ष अदुवाको मूल्य घटेपछि उनले घाटा बेहोर्नु परेको छ । 

अदुवाको मूल्य घटेपछि यो वर्ष लगानी नै गुम्ने खतरा भएको छ । “अदुवामा गरिएको लगानी यो वर्ष सबै डुब्ने भयो,” उनले भनिन् – “दश क्विन्टल बीउ मकै र कोदो फल्ने बारीमा रोपेको थिएँ, यसपटक डुबिएला जस्तो छ ।” 

जिल्लाका किसान अहिले अदुवा प्रतिकेजी रु १८ ले बिक्री गर्न बाध्य छन् । गत वर्ष किसानले रु ४० देखि ७० सम्म लगाएर अदुवाको बीउ खरिद गरेका थिए । तर महँगोमा खरिद गरेर रोपेको अदुवा बिक्री गर्ने बेला ह्वात्तै मूल्य घटेपछि किसानलाई मर्का परेको हो । 

गत वर्ष जिल्लाका बजारमा अदुवा रु ५५ प्रतिकेजीसम्म कारोबार भएको थियो । अदुवाको मूल्य बढ्नुपर्ने समयमा बिक्री हुनै गाह्रो भएपछि जिल्लाभरका किसान मर्कामा परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्लामा अलैँचीपछि सबैभन्दा धेरै उत्पादन हुने र आम्दानी हुने नगदे बाली अदुवा हो । कम मेहनत र दुःख गर्दैमा मनग्य आम्दानी लिन सकिने भन्दै खाद्यान्न बाली छाडेरै अदुवाखेती थालेका किसान बजार भाउ नपाउँदा खेतीबाटै निरुत्साहित बनेका छन् । 

यो वर्ष विगत वर्षभन्दा धेरै अदुवा उत्पादन भए पनि मूल्य नपाएकाले आगामी वर्ष अदुवाको उत्पादन घट्ने निश्चित जस्तै देखिएको व्यापारी दुर्गानारायण भण्डारीले बताए । “मैले यो वर्ष करिब २५० टन अदुवा खरिद बिक्री गरेँ,” उनले भने – “मूल्य नपाएको रिसले धेरैले बीउ नै नराखी बेच्नुभएको छ ।” 

जिल्लाका धेरै किसानले अदुवाको बजारीकरण गरिदिन अनुरोध गरेका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । यहाँ उत्पादित अदुवाको प्रमुख बजार भारत हो । भारतीय बजारबाट यो वर्ष माग थोरै मात्रामा आएकाले पूर्वी पहाडमा उत्पादित अदुवाले बजार र मूल्य नपाएको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । 

अदुवा बिक्रीका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था रहेको छ । “यहाँ उत्पादित अदुवा भारतको सिलगुढी, नक्सालबारीलगायत बजार लगिन्छ, त्यहाँ पु¥याएर नेपाली अदुवालाई धुलाइ गरिन्छ,” व्यापारी भण्डारीले भन्नुभयो – “धुलाइ गरेपछिको राम्रो अदुवाको मूल्यमात्रै हामीले पाउने हो ।” 

जिल्लाका धेरै किसानले अदुवा खेतीका लागि साहु, बैंक, सहकारी संस्था र गाउँघरका समूहबाट ऋण लिएका छन् । अघिल्लो वर्षको मूल्य देखेर अदुवा खेतीमा लागेका किसानले यसको बिक्रीबाट लिएको ऋण र त्यसको ब्याजसमेत बुझाउन सक्ने स्थिति देखिएको छैन । आफू खटेको परिश्रमको मूल्य नपाउने भएपछि अदुवा किसान निराश भएका छन् । 

जिल्लामा यो वर्ष एक हजार ६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा उत्पादित अदुवा भारत, बङ्गलादेश हुँदै तेस्रो मुलुकतर्फ निकासी भएको थियो । यो वर्ष अदुवाले यी मुलुकको बजार नपाएपछि तेह्रथुमसहित धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथरलगायतका जिल्लामा उत्पादन भएको अदुवा बारीमै उम्रिने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु