२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भक्तपुरमा कृषि मेला प्रदर्शनी हुने

१८ चैत्र २०७३, शुक्रबार ०८:३६

चैत १८, भक्तपुर । ६०औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा यही चैत १९ र २० गते कृषि मेला प्रदर्शनी हुने भएको छ । 

जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड भक्तपुरले बिहीबार पत्रकार सम्मेलन गरी मेलाका बारेमा जानकारी गराएको हो । भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक पार्टी भेन्युमा हुने उक्त प्रदर्शनीमा कृषि ऋण र बिमासम्बन्धी निःशुल्क परामर्शसमेत दिइने सङ्घका अध्यक्ष उत्तम सापकोटाले जानकारी दिनुभयो । 

मेलामा माटो परीक्षणसहित कृषि उत्पादन, प्रविधि, औजारलगायतका ४५ वटा कक्ष रहने छन् । सापकोटाले प्रदर्शनीमा आलु र च्याउको परिकारको खाना मेलासमेत हुने बताउनुभयो । कृषिलाई व्यावसायिक रुपमा अघि बढाउन सङ्घले गत वर्षदेखि कृषि मेला प्रदर्शनी सुरु गरेको हो । अब बर्सेनि मेला आयोजना गरिने सङ्घका उपाध्यक्ष एवम् मेला संयोजक सनिस लागेजूले बताउनुभयो । 

प्रदर्शनीमा किसानले कृषि विज्ञसँग आफ्ना समस्यासमेत राख्न पाउनेछन् । जिल्ला कृषि विकास कार्यालय सहआयोजक रहेको प्रदर्शनीको प्रवद्र्धन भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्ने भएको छ । मेलाको करिब १० हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ