पोखरा, २ जेठ ।  कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले बिजयी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, २ जेठ ।  कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले बिजयी "/>
५ माघ २०८२, आईतवार
कास्की - KSK

मादी गाउँपालिकामा एमाले बिजयी

२ जेष्ठ २०७४, मंगलवार ०८:०२

पोखरा, २ जेठ ।  कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार बेद बहादुर गुरुङ (श्याम) ले नेपाली काँग्रेसका उम्मेदवार देवीजंग गुरुङलाई ९ सय ८४ मतले पराजीत गरेका हुन् । बेदले ४ हजार ६ सय ३७ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी देवीजंगले ३ हजार ६ सय ५३ मत पाए । उपाध्यक्षमा एमाले उम्मेदवार बिष्णु पौडेल बिजयी भईन् । उनले निकटतम प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार प्रभाश्री गुरुङलाई १ हजार ३ सय ९२ मतले पराजीत गरेकी हुन् । पौडेलको ४ हजार ५ सय २३ मत आउँदा गुरुङको ३ हजार १ सय ३१ मत आयो ।
१२ वडा रहेको मादीको १, २, ४, ६, १० र १२ नम्बर वडामा एमालेले जीत हात पारेको छ भने ३, ५ र ८  मा काँग्रेस तथा ७, ९ र ११ नम्बर वडामा नेकपा माओबादी केन्द्र बिजयी भएको छ । बिजयी गुरुङ नेकपा एमाले ४ नम्बर प्रदेश कमिटिका सदस्य हुन् । अध्यक्षका उम्मेदवार बेद बहादुर गुरुङले १ नम्बर वडाबाट ५ सय ५६ मत पाए भने २ मा ५ सय २९ मत पाए । ३ मा २ सय ३३, ४ मा ४ सय ६०, ५ मा ४ सय २५, ६ मा ४ सय ४८, ७ मा ३ सय १९, ८ मा २ सय ९८, ९ मा २ सय ९९, १० मा ५ सय २२, ११ मा २ सय ८ र १२ नम्बर वडामा ७ सय ७८ मत पाएका थिए ।
अध्यक्षमै काँग्रेस उम्मेदवार देवीजंग गुरुङको १ नम्बर वडामा ४ सय २९, २ मा १ सय ४४, ३ मा ३ सय २९, ४ मा २ सय ६४, ५ मा ४ सय ८९, ५ मा २ सय ५, ७ मा १ सय ५५, ८ मा ४ सय १३, ९ मा ३ सय ७४, १० मा २ सय ९९, ११ मा २ सय ७७ र १२ नम्बर वडामा २ सय ६४ मत छ ।
माओबादी केन्द्रका उम्मेदवार राधा सापकोटाले १ बाट १२, २ बाट ७, ३ बाट २३, ४ बाट ४७, ५ मा १५, ६ मा १३, ७ मा १ सय ८५, ८ मा ४२, ९ मा ५२, १० मा १६, ११ मा १ सय ६१ र १२ नम्बरमा १ सय ३ मत ल्याईन् ।
उपाध्यक्ष एमाले उम्मेदवार बिष्णु पोडेलले १ नम्बरमा ५ सय ५३, २ मा ४ सय २३, ३ मा २ सय ३३, ४ मा ४ सय ८६, ५ मा ४ सय १०, ६ मा ४ सय २९, ७ मा २ सय ९०, ८ मा २ सय ७६, ९ मा ३ सय ११, १० मा ५ सय ३०, ११ मा २ सय ४ र १२ नम्बर वडामा २ सय ४ मत ल्याईन् ।
निकटतम प्रतिनिधी काँग्रेस उम्मेदवार प्रभाश्री गुरुङले १ नम्बर वडामा ४ सय ३१, २ मा २ सय ५३, ३ मा २ सय ९८, ४ मा २ सय ३८, ५ मा ४ सय ९८, ६ मा २ सय १८, ७ मा १ सय २४, ८ मा ४ सय २१, ९ मा ६२, १० मा १ सय ५३, ११ मा २ सय १२ र १२ नम्बर वडामा २ सय २३ मत पाईन् ।
मादीमा माओबादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार नन्दश्री गुरुङले १ बाट १३, २ बाट ६, ३ बाट ३६, ४ बाट ४३, ५ बाट १९, ६ बाट १५, ७ बाट २ सय २६, ८ मा ५५, ९ मा ३ सय १८, ४ मा १ सय ३२, ११ मा २ सय ३७ र १२ नम्बर वडामा १ सय ४ मत पाएकी छिन् । अरु पार्टीका उम्मेदवारले खाता पनि खोल्न सकेनन् । १३ हजार ५ सय ९५ मतदाता रहेको मादीमा ९ हजार ८ सय ८० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता