२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि हाटबजार स्थापना प्राथमिकतामा

१ श्रावण २०७४, आईतवार ११:१५

साउन १, गोरखा । सिरानचोक गाउँपालिकाले आव २०७४/०७५ को बजेटमा वडादेखि गाउँपालिका केन्द्र जोड्न चक्रपथ निर्माण, प्रत्येक वडामा कृषि हाटबजार सञ्चालन र आठ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर खोल्ने योजना बजेटका प्राथमिकतामा परेका छन् । 

गाउँपालिकाको केन्द्र छोप्राकमा पहिलो गाउँसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका प्रमुख राजु गुरुङले रु ३१ करोड चार लाख तीन हजारको बजेट सार्वजनिक गर्नुभयो । केन्द्र सरकारबाट उपलब्ध अनुदान रु १३ करोड ७५ लाख ३९ हजार प्रावि निमाविका शिक्षकको तलबभत्ता, विद्यालय सञ्चालन खर्च तथा कृषि, स्वास्थ्य कार्यालयका कर्मचारीलाई तलबभत्ता दिने गरी विनियोजन गरिएको हो । 

बैठकले केराबारी, थालाजुङ, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट र जौबारीका भूकम्प प्रभावित लाभग्राहीले आगामी विसं २०७५ सम्म निजी आवास पुनःनिर्माण गर्नुपर्ने बाध्यकारी नियम ल्याएको छ । सबै वडाका स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउनका निम्ति बर्थिङ सेन्टर निर्माण गर्ने, गाउँघर क्लिनिक सेवा सञ्चालन गर्ने तथा असहाय– दीर्घ रोगीलाई सहयोग गर्न आकस्मिक स्वास्थ्य सहयोग कोषको व्यवस्था गर्ने नीति सिरानचोक गाउँपालिकाको छ । 

प्रत्येक वडामा ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम लागू गर्ने, कृषि मुख्य क्षेत्र घोषणा गरी परियोजना सञ्चालन गर्ने, कृषकलाई व्यावसायिक बनाउँदै विभिन्न जातका तरकारी– फलफूलको बीउको व्यवस्थापन गरिदिने, कम्तीमा दुई स्थानमा फलफूल र तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याउने तथा प्रत्येक वडामा महिनाको एक पटक कृषिजन्य उत्पादन बिक्री गर्न कृषि हाटबजार सञ्चालनमा ल्याउने उपप्रमुख रीता देवकोटाले बताउनुभयो । 

शनिबार भएको गाउँसभा उद्घाटनमा नेपाली काँग्रेसका सचेतक चीनकाजी श्रेष्ठले केन्द्रले खोसेको गाउँको अधिकार पुनःगाउँमै फिर्ता गर्न सफल भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य