१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

झिँका कृषकलाई औजार वितरण

१५ जेष्ठ २०८२, बुधबार १२:५६
 काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन भएको परियोजनामार्फत कृषि औजार वितरण गरिएको हो ।
पचहत्तर प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन वितरण गरिएको रघुगङ्गा गाउँपालिकाको कृषि अधिकृत दिपकराज जोशीले जानकारी दिनुभयो ।
थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, १६६ थान त्रिपाल, १०० वटा ३०० किलोग्राम तौल क्षमताको मेटल बिन दोस्रो चरणमा वितरण गरिने उहाँले बताउनुभयो ।
सिँचाइका लागि २० एमएमको चार हजार ३६४ मिटर, २५ एमएमको एक हजार ५००, ३२ एमएमको चार हजार २०० र ४० एमएमको २०० मिटर पाइप वितरण गर्ने क्रममा रहेको कृषि अधिकृत जोशीले बताउनुभयो ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्ष मनबहादुर शेरमन्जा र कृषि अधिकृत जोशीले मङ्गलबार कृषि औजार वितरण गर्नुभएको थियो । परियोजनाका लागि प्रदेश सरकारले रु ७५ लाख र गाउँपालिकाले रु २५ लाख बिनियोजन गरेका छन् ।
लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनामार्फत जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
परियोजनामार्फत झिँका २८३ परिवार कृषक लाभान्वित हुनेछन् । ३०० रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती विस्तार भएको । परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्न लागिएको वडा अध्यक्ष शेरमञ्जाले बताउनुभयो ।
किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रबिधीसम्बन्धी तालिमसमेत दिइएको थियो । झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो । प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले कृषि औजार र सामग्रीको प्रयोग गरि जौ र उवाको उत्पादन वृद्धि गरी आयआर्जनमा अग्रसर हुन आग्रह गर्नुभयो ।
पोसिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ । जौँ हिन्दु धर्मावलम्बीको र जौँको सातु बौद्ध धर्मावलम्बीको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिँडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव