२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विराटनगरमा एक करोड लिटर दूध संकलन

२०७४, २९ भाद्र बिहीबार ०९:०७

भदौ २९, विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । 

सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ ।  

व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित सो संस्थानले सर्वसाधारणबीच दूध बिक्री गर्नाका साथै दूधको पाउडर, मिठाइ, मख्खन, घ्यू, पनिर र आइसक्रिम बनाउने गर्छ । दुग्ध व्यवसायसँग संलग्न पूर्वाञ्चलका विभिन्न सहकारी संस्थाका साथै किसानबाट दैनिकरुपमा सरदर २५ हजार लिटर दूध खरिद गरी १३ हजार लिटर दूध बिक्री वितरण गर्दै आएको संस्थानका प्रमुख सरोज सिम्खडाले जानकारी दिनुभयो । 

किसानसँग खरिद गर्दै आएको दूधमा प्रतिलिटर पाँच रुपैया १० पैसा बढोत्तरी गरिएको छ । किसानसँग प्रतिलिटर रु ४० र सहकारीसँग रु ४५ मा दूध खरिद गरिएको उहाँले बताउनुभयो । दूध संकलनबापत ढुवानी खर्च, दूध चिस्याउने र प्रशासनिकलगायत खर्च जोडेर दूध प्रतिलिटर रु ७० मा बिक्री गर्ने गरिएको छ । 

उक्त संस्थानअन्तर्गत रहेको पाउडर प्लान्टको क्षमतामा विस्तार गरिएपछि दूधको पाउडर बनाउन सहज भएको छ । सो प्लान्टबाट दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउन सकिनेछ । साठी हजार लिटर दूधको पाँच हजार किलो पाउडर तयार हुन्छ । रु १० करोडको लागतमा उक्त प्लान्ट निर्माण गरिएको हो । 

संस्थान सेवामुखी भएकाले कम मुनाफामा विराटनगरलगायत विभिन्न ठाउँमा दूध वितरण गर्ने गरिएको हो । यस संस्थानअन्तर्गत शुद्ध घ्यूका साथै रसभरी, लालमोहनलगायतका पदार्थ बनाइन्छ । किसानलाई दूध उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले विराटनगरबाट ४२६ किमी टाढा रहेको पाँचथरको देउरालीस्थित चिस्यान केन्द्रबाट पनि दूध संकलन गर्ने गरिन्छ । 

त्यस्तै, यहाँदेखि ४१४ किमी टाढाको इलामको शान्तिडाँडा, ३८५ किमी टाढा रहेको पुवाखोला, ३६० किमीमा पर्ने बिवल्याँटे, ३१२ किमीमा पर्ने लक्ष्मीपुर, २६० किमी टाढाको फिक्कल, तिनघरे, धनकुटाको हिले र तेह्रथुमको चित्रस्थित चिस्यान केन्द्रबाट दूध संकलन गर्ने गरिएको छ । 

मोरङ, सुनसरी, सप्तरी र सिरहाका विभिन्न चिस्यान केन्द्रबाट समेत दूध संकलन गर्ने गरिएको कार्यालयले जनाएको छ । पूर्वी नेपालका पहाडी जिल्लाबाट समेत दूध संकलन गर्न थालेपछि किसान दूध उत्पादनतर्फ अग्रसर भएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते