२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवनमा मल अभाव हुँदा किसान प्रभावित

६ आश्विन २०७४, शुक्रबार ०८:४८

असोज ६, चितवन। धानखेतीका लागि अहिले अत्यावश्यक देखिएको युरिया मलको अभाव भएको छ । 

विगत १० दिनदेखि सरकारी अनुदानमा आउने मलको अभाव भएपछि किसान चर्को मूल्य तिरेर निजीस्तरबाट आएको मल खरिद गर्न बाध्य भएका छन् । 

चितवनमा भदौमा एक हजार मेट्रिक टन मल खपत हुनेमा कृषि सामग्री कम्पनी लिमिटेडबाट जम्मा ३५० मेट्रिक टन वितरण भएको कम्पनीका प्रमुख रवीन्द्र गौतमले जानकारी दिनुभयो । न्यून मात्रामा साल्ट ट्रेडिङले आपूर्ति गरे पनि पर्याप्त मल आउन नसकिरहेका बेला अहिले दुवै ठाउँमा मल अभाव भएको छ । 

गौतमका अनुसार प्रदेश नं २ नं को निर्वाचनका कारण वीरगञ्ज भन्सारमा मल थन्किएको छ । कर्मचारी सबै निर्वाचनमा खटिएकाले समस्या भएको हो । “दशैँ अगाडिलाई एक–दुई चरण मल वितरण गर्ने योजना बनाएका छौँ”, गौतमले भन्नुभयो । जिल्लाको पश्चिम क्षेत्रमा पछौंटे रोपाइँ भएको छ । सो क्षेत्रमा अहिले धानका लागि युरिया मल आवश्यक छ । तर अनुदानको मल नहुँदा किसान प्रभावित भएका छन् । मल बिक्री गर्दै आएको साल्ट ट्रेडिङमा समेत युरिया मल नपाएपछि किसानले चर्को मूल्य तिर्न बाध्य भएका छन् । निजी क्षेत्रको मल प्रतिबोरा रु ५०० देखि रु ६०० महँगो पर्न जाने गौतम बताउनुहुन्छ । 

चितवनको रत्ननगरस्थित कृषि सामग्री सप्लायर्सका सञ्चालक सबिन रेग्मी मल नहुँदा किसान त्यसै फर्कनु परेको बताउनुहुन्छ । वीरगञ्जको साल्ट ट्रेडिङमा मल थुप्रिएर बसे पनि नपठाउँदा समस्या भएको रेग्मीको भनाइ छ । जिल्लामा वार्षिक १५ हजार मेट्रिक टन मलको माग हुन्छ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहाल वीरगञ्ज कार्यालयमा मल आए पनि चुनावका कारण रोकिएकाले केही दिनमै मल आइपुग्ने बताउनुहुन्छ । उहाँले असोज लागेपछि चितवनको गोदाममा मल सकिएको बताउनुभयो । 

कृषि सामाग्री कम्पनीले १३ हजार मेट्रिक टन मलको माग गरे पनि जिल्लामा कूल नौ हजार मेट्रिक टनको मात्रै स्वीकृति भएको कम्पनीका प्रमुख गौतम बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा चार लाख मेट्रिक टन मलको आवश्यकता भए पनि कृषि सामग्रीमार्फत दुई लाख र साल्ट ट्रेडिङमार्फत ८५ हजार मेट्रिक टन मात्रै मलको आपूर्ति हुने गरेको छ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित ‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव