२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खसीमा आत्मनिर्भर बन्यो चितवन

२०७४, ८ आश्विन आईतवार ०८:२४

असोज ८, चितवन। कुखुरा पालन व्यवसायको राजधानी मानिने चितवन जिल्ला पछिल्लो समय खसीबोकामा पनि आत्मनिर्भर बन्दै अन्य जिल्लामा बेचबिखन गर्न सक्ने भएको छ । 

जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा वार्षिक ४५ हजार ६२५ खसीबोका खपत हुने गरेकामा यसवर्ष दुई लाख पाँच हजार ७६ वटा खसीबोका उत्पादन भएका छन् । जसमध्ये एक लाख ५९ हजार ४५१ खसीबोका काठमाडौँंलगायतका बाहिरी जिल्लामा विक्रीका लागि पठाइएको छ ।

पशुसेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइका अनुसार जिल्लामा अहिले दुई लाख ३० हजार ५७ माउ बाख्रा पालिँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा दुई लाख १३ हजार ९६८ बाख्रा रहेकामा गत आर्थिक वर्षमा ७ दशमलव ९४ प्रतिशत वृद्धि भएको उहाँले बताउनुभयो । 

विश्वको तथ्यांकलाई हेर्दा प्रतिव्यक्ति वार्षिक मासुको प्रयोग १४ किलो रहेकामा नेपालमा यो दर १२ किलो मात्रै छ । जिल्लामा उत्पादन हुने खुसीबोकाले चितवनको जनसंख्यालाई प्रतिव्यक्ति वार्षिक ३२ किलोले पुग्ने प्रमुृख सेढाइले बताउनुभयो । 

जिल्लाको पहाडी क्षेत्र बाख्रापालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । त्यससँगै तराईमा पनि बाख्रा पालिँदै आएको छ । पूर्वी चितवनको वीरेन्द्रनगर, रत्ननगर, भरतपुर महानगरपालिका र माडीमा पनि बाख्रापालन गरिएको छ । 

पशुसेवा कार्यालयको तथ्यांकअनुसार २८५ वटा व्यावसायिक बाख्रा फर्म छन् तर दर्ता नगरी पाल्नेको संख्या पनि ठूलो परिमाणमा छ । ग्रामीण क्षेत्रमा सहकारी बनाएर बाख्रापालन र बजारीकरण गर्ने गरिएको सेढाईले बताउनुभयो । 

मुख्यरुपमा सिद्धि र शक्तिखोरमा सहकारीमार्फत् खसीबोका संकलन र बिक्री वितरण गरिँदै आएको छ । समूह बाहेक घर÷घरमा सानो संख्यामा बाख्रा पाल्ने अधिकांश देखिन्छन् । 

एक हजार ५०० मिटर उचाइसम्म जमुनापारी, दुई हजार ५०० मिटरसम्म खरी र त्यो भन्दामाथि सिनाल जातका बाख्रा उपयुक्त हुने कार्यलय प्रमुख सेढाईले बताउनुभयो । जिल्लामा खरी क्रस, जमुनापारी, जमुनापारी क्रस, सिनाल, बोयर जातका बाख्रा बढी मात्रामा पाल्ने गरिएको छ । दामस्कर, सानन, लुवियान जातका बाख्रा पनि पालिने गरेको उहाँले जानकारी दिनुभयो । उन्नत जातका बाख्रा अष्ट्रेलिया र अफ्रिकाबाट ल्याइने गरेको छ । 

जिल्लामा उन्नत जातका बाख्रा र बोका विदेशबाट ल्याइएसँगै एकसय किलोसम्मका खसी बोका उत्पादन हुन थालेको सेढाईले बताउनुभयो । उहाँले भन्नुभयो “बोयर जातको बाख्राको छ÷सात महिनामा एक सय किलोभन्दा माथिका खसी बोका हुने गर्दछन् ।” जिल्लामा कृतिम गर्भाधानको कार्य पनि शुरु गरिएको छ । गत आर्थिक वर्षमा नमुनाका रुपमा २०० बाख्रामा कृतिम गर्भाधान गरिएको उहाँले बताउनुभयो । 

जिल्लामा बाख्रापालन फस्टाउँदा पनि सरकारी अनुदान बृद्धि नहुँदा कृषक निरास भएको कार्यलय प्रमुृख सेढाईले बताउनुभयो 

गत आर्थिक वर्ष कार्यालयले १७ कृषकलाई रू १४ लाख र २० कृषकलाई रू २० हजारका दरले खोर सुधारका लागि रू चार लाख अनुदान दिएको थियो । 

भौगोलिक हिसाबले चितवन बाख्रापालनमा उपयुक्त भए पनि कुखुरापालनमा झै ठूलो लगानीमा बाख्रापालन अझै शुरु हुनसकेको छैन ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा