२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँचीको मूल्यमा गिरावट, किसानहरु चिन्तित

२०७४, ९ आश्विन सोमबार १०:५७

असोज ९, झापा। कालो सुन भनेर चिनिने अलैँचीको मूल्य निरन्तर घट्दै गएपछि कृषक र व्यवसायी चिन्तित बन्न थालेका छन् । 

कुनै समयमा ४० केजीको रु एक लाख २५ हजारसम्म पुगेको अलैँचीको मूल्य घटेर अहिले प्रतिमन रु ३० हजार पुगेकाले कृषक र व्यवसायी चिन्तित बनेका हुन् । 

पहिला नौ जिल्लामा अलैँची खेती हुन्थ्यो तर अहिले विस्तार भएर ३७ जिल्लामा खेती हुने गरेको छ । उत्पादन बढ्यो तर आपूर्ति व्यवस्था तथा बजार व्यवस्थापनको अभावमा अलैँचीले उचित मूल्य पाउन सकेको छैन । 

अलैँची खेतीलाई सुधार गर्न र यसबाट कृषक, व्यवसायी र राज्यले उच्चतम फाइदा लिन नेपाल अलैँची व्यवसायी महासंघ केन्द्रीय कार्यालय, बिर्तामोडले केही समस्या पहिचान गरी समाधानका लागि सरकारसँग माग गरेकोे छ । 

महासंघले अलैँची खेतीमा विभिन्न किसिमको रोग र त्यसको पहिचान हुन नसक्नु, प्राविधिक तथा विशेषज्ञको अभाव हुनु, मागअनुसार बिरुवा उपलब्ध नहुनु, हावापानीअनुसार कहाँ र कुन प्रकृतिको अलैँची रोप्नु पर्ने हो त्यसको यकिन गर्न नसक्नु, जलवायु परिवर्तनको असर र पानीको स्रोत सुक्दै जानु, सिँचाइको अभाव हुनुजस्ता कारणका साथै वित्तीय समस्या, अलैँची भण्डारणका लागि केन्द्र तथा जिल्ला तहमा सुरक्षित, सुविधायुक्त गोदामको अभाव, तालीम एवं प्रशिक्षणको अभाव, अलैँची सुकाउने आधुनिक भट्टीको अभाव भएको महासचिव ओमकृष्ण विमलीले जानकारी दिनुभयो । 

उहाँले अलैँचीको मूल्यमा गिरावट र मूल्यसम्बन्धी सूचनाको अभाव, उत्पादनस्थलबाट बजारसम्म पुग्नका लागि सुगम कृषि सडकको अभाव, एकद्वार प्रणाली तथा राष्ट्रिय नीति नहुनु, अलैँचीको मसलाजन्य, औषधिजन्य, तेलजन्य वस्तुको उद्योगको अभावले यसको मूल्यमा निरन्तर ह्रास आउनाका प्रमुख कारण रहेको महासंघले ठहर गरेको छ ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै