२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक

२०७४, ६ मंसिर बुधबार ११:३२

मङ्सिर ६, कलैया । चाल आर्थिक वर्ष २०७४÷७५ मा बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक रहेको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आवमा कृषकले करिब २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गर्ने लक्ष्य लिएका छन् । प्रति हेक्टर एक क्विन्टल गहुँको बीउ आवश्यक पर्छ । 

कूल दुई हजार नौ सय मेट्रिक टन गहुँको बीउ आवश्यक पर्ने कार्यालय प्रमुख शिवरत्न साहले बताउनुभयो । जिल्लास्थित नौवटा बीजबिजन संरक्षण संस्थामध्ये बोधीमाई कृषि सहकारी संघ महेशपुरले मात्र ३० मेट्रिक टन बीउ संरक्षण गरेर राखेको छ । 

सो संस्थाले जम्मा ४० मेट्रिक टन, अनुदानबाट बिक्री हुने १९४ मेट्रिक टन र राहतस्वरुप वितरण गर्ने १५० मेट्रिक टनबाहेक अपुग भएको बीउ कृषक आफैँले संरक्षण गरेर राखेको साहले बताउनुभयो । 

बारामा गहुँको बीउ र खेती गर्नका लागि डिएपी मलको अभाव नहुने साहको भनाइ छ । जिल्लामा गत आवमा कूल २९ हजार हेक्टरमा विभिन्न जातको रु दुई अर्ब २३ करोड १५ लाख ५० हजार बराबरको ८२ हजार ६५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा