१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक

६ मंसिर २०७४, बुधबार ११:३२

मङ्सिर ६, कलैया । चाल आर्थिक वर्ष २०७४÷७५ मा बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक रहेको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आवमा कृषकले करिब २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गर्ने लक्ष्य लिएका छन् । प्रति हेक्टर एक क्विन्टल गहुँको बीउ आवश्यक पर्छ । 

कूल दुई हजार नौ सय मेट्रिक टन गहुँको बीउ आवश्यक पर्ने कार्यालय प्रमुख शिवरत्न साहले बताउनुभयो । जिल्लास्थित नौवटा बीजबिजन संरक्षण संस्थामध्ये बोधीमाई कृषि सहकारी संघ महेशपुरले मात्र ३० मेट्रिक टन बीउ संरक्षण गरेर राखेको छ । 

सो संस्थाले जम्मा ४० मेट्रिक टन, अनुदानबाट बिक्री हुने १९४ मेट्रिक टन र राहतस्वरुप वितरण गर्ने १५० मेट्रिक टनबाहेक अपुग भएको बीउ कृषक आफैँले संरक्षण गरेर राखेको साहले बताउनुभयो । 

बारामा गहुँको बीउ र खेती गर्नका लागि डिएपी मलको अभाव नहुने साहको भनाइ छ । जिल्लामा गत आवमा कूल २९ हजार हेक्टरमा विभिन्न जातको रु दुई अर्ब २३ करोड १५ लाख ५० हजार बराबरको ८२ हजार ६५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो