२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा सिकेको सीप र आर्जन गरेको रकमले कृषि फार्म सञ्चालनमा

२०७४, ३ पुष सोमबार ०७:४९

पुस ३, मोरङ । विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ । 

स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्पादन गर्दैआउनुभएको छ । तरकारी खेतीसँगै उहाँले माछापालन, हाँस, कुखुरापालन समेत गर्नुभएको छ । 

उर्लाबारी–२ मा अढाइ बिगाहा जग्गामा अग्र्यानिक तरकारी खेती शुरु गर्नुभएका खतिवडाको फार्ममा आलु, प्याज, गोलभेँडा, सिमी, खुर्सानीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । जग्गा भाडामा लिएर रु २८ लाखको लगानीमा खतिवडाले शुरु गर्नुभएको सो फार्ममा १० जनाले रोजगारीसमेत पाएका छन् । 

फार्मबाट उत्पादित तरकारी केही मात्रामा स्थानीयस्तरमै तथा बाँकी पूर्वका विभिन्न शहरमा बिक्री गर्ने खतिवडाको योजना छ । “परम्परागत खेतीलाई छाडेर आधुनिक खेतीमा उन्मुख गराउने उद्देश्यले फार्म खोलेको हुँ”, उहाँले भन्नुभयो, “युवा पैसा कमाउन विदेश जानुपर्दैन । थोरै लगानीमा स्वदेशमै बसेर कुनै पनि काम गरेर आम्दानी गर्न सकिन्छ ।” 

वैदेशिक रोजगारमा जान आतुर युवालाई गाउँमै व्यावसायिक एवं अग्र्यानिक कृषि उत्पादन गरी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आफूले सो फार्म सञ्चालन गरेको खतिवडाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते