२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै गाउँबाट एक करोडको दूध बिक्री

२०७४, २८ पुष शुक्रबार ०९:०९

पुस २८, म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक रु एक करोड बराबरको कारोबार गरेका छन् । 

उनीहरुले दूध बिक्री गरेर मासिक रु ४० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । कतारबाट फर्किएर गाउँमा भैँसीपालन गर्दैआएका बेनी नगरपालिका–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थाल्नुभएको छ । 

उहाँले २०६८ सालमा रु एक लाखको लगानीमा दुईवटा भँैसी खरिद गर्नुभएको थियो । दूधबाट मनग्य आम्दानी हुने देखेपछि केसीले अहिले ६ वटा भैँसी र एउटा उन्नत जातको जर्सी गाई पाल्नुभएको छ । उहाँले दैनिक ७० लिटर दूध बिक्री गर्नुहुन्छ । 

केसी मात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाई गर्दै आएका छन् । गाउँमा जनभावना दुग्ध सहकारी संस्थाको स्थापना भएपछि सो सहकारीमार्फत तीन सय लिटर र किसानले व्यक्तिगत रुपमा १५० लिटर दूध बजारमा बिक्री गर्दैआएका छन् । 

सहकारीका सञ्चालक कोपिलाल पौडेलका अनुसार अहिले बजारमा दूध प्रतिलिटर रु ८५ मा बिक्री भइरहेको छ । किसानले प्रतिलिटर रु ६५ मा सहकारीलाई दूध बेच्दै आएका छन् । 

“गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन्,” उहाँले भन्नुभयो–“बयालिस घरधुरीले व्यावसायिक रुपमा गाई–भँैसीपालन गर्दैआएका छन् ।” 

जिल्ला पशुसेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सो सहकारीले संकलन गरेको दूधलाई बजार लैजान कर्मचारी परिचालन गरिएको छ । सहकारीमार्फत दूध बेच्ने किसानलाई सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले किसान सहकारीको अभियानतर्फ आकर्षित भएका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते