१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पारिश्रमिक निर्वाचन क्षेत्रका वडामा खर्च गर्ने प्रदेश सांसद दवाडीको घोषणा

८ माघ २०७४, सोमबार ०७:५५

माघ ८, गोरखा | गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) बाट विजयी हुनुभएका सांसद तथा नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ । 

आज गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भन्नुभयो, “सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा प्रयोग गर्दिन । मलाई जिताएर पठाउनुभएका मतदाता र निर्वाचन क्षेत्रमा हुने सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्छु ।” 

गोरखाको सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाबाट दवाडी निर्वाचित हुनुभएको थियो । सिरानचोकमा आठवटा, अजिरकोटमा पाँचवटा र सुलिकोटमा आठवटा वडा रहेका छन् । प्रत्येक महिनाको पारिश्रमिक फरकफरक वडामा सामाजिक कार्यमा खर्च गर्न सहयोग गर्ने दवाडीले जानकारी दिनुभयो । 

प्रदेश सांसदको सेवा, सुविधा के–कस्तो हुने भन्ने यकिन भइसकेको छैन । “जनताको जीवनस्तर उकास्न सहयोग गर्छु, सामाजिक सेवामा तल्लीन रहन्छु र सधैँ जनताकै सेवामा रहन्छु भन्ने अठोट गर्दै जनतासँग भोट मागेर विजयी भएँ” दवाडीले भन्नुभयो, “आफूले पाउने सेवा सुविधा जनताकै लागि समर्पित गर्ने इच्छा हो ।” 

गोरखामा दवाडी राजनीतिक नेताको रुपमा भन्दा समाजसेवीका रुपमा चिनिनुहुन्छ । लामो समयदेखि उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको थियो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार