२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा सिँचाइ सुविधा भएपछि बाहै्र महिना खेती

१ चैत्र २०७४, बिहीबार ०८:४२

चैत १, म्याग्दी | मालिका गाउँपालिका–६ दुखुबेसीका गंगे रोकाले कात्तिकको अन्तिम साता खेतमा लगाएको गहुँ भित्र्याएर यसै साता मकै रोप्नुभयो । विगतका वर्षमा आकाशे पानीको भरमा हिउँद र बर्खा याममा दुई बाली लगाउने गरेका रोकाले यसपालि सिँचाइ सुविधा भएपछि खेतमा तीन बाली लगाउन पाउनुभएको हो । 

रोका मात्र होइन दुखुबेसीका करिब दुई सय घरधुरी असोजदेखि आकाशे वर्षा नभएपछि जिल्लाका अन्य ठाउँका कृषकलाई जस्तो कसरी खेतीबाली लगाउने भन्ने चिन्ताबाट मुक्त भएका छन् । सिँचाइ विकास सव डिभिजन कार्यालय म्याग्दीले दुखुखोला सिँचाइ आयोजना निर्माण गरेपछि दुखुबेसीको खेतबारीमा बाह्रै महिना नियमित सिँचाइ सुविधा पुगेको हो । 

आयोजनामार्फत दुई सयभन्दा बढी घरधुरीको २५ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुनले बताउनुभयो । यसअघि कच्ची नहरबाट पानी ल्याउँदा पानी चुहिएर सिँचाइ गर्न पालो लगाउनुपर्ने समस्या थियो । 

नहर निर्माण भएपछि पानी लगाउनका लागि हुने विवाद हटेको छ । फलफूल र तरकारीको व्यावसायिक खेती गरेर आम्दानी गर्ने वातावरण बनेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । ठेक्कामार्फत गत आवदेखि निर्माण शुरु भएको आयोजना लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको छ । 

आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले माघमै काम सकेको सवडिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताउनुभयो । समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्य अघि नै काम सकिएको उहाँको भनाइ छ । 

उक्त आयोजनामार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्सट्रक्सनसँग रु ३० लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । मुख्य नहर बने पनि शाखा नहर र पाइप लाइन विस्तारको आवश्यकता देखिएको दुखुबेसीका कृषकले बताएका छन् । 

आचार्यले उपभोक्ता समितिमार्फत शाखा लाइन विस्तार गर्ने योजना बनाए पनि यस वर्ष बजेट कटौतीका कारण समस्या भएको बताउनुभयो । उपभोक्ता समितिमार्फत रु १२ लाखको काम गर्ने योजना बनाइए पनि बजेट नआएपछि स्थगित गरिएको उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य