२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याङ्जामा एक युवाले माटोबिना नै तरकारी खेती गरे

१५ बैशाख २०७५, शनिबार १४:२०

वैशाख १५, स्याङ्जा | यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । 

स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ । 

पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो । 

“रोजगारीको सिलसिलामा कोरियामै रहँदा आक्वापोनिक (माटोरहित तरकारी फलाउने) प्रविधिका बारेमा जान्ने बुझ्ने मौका पाएँ” थापाले भन्नुभयो, “कार्यान्वयनका क्रममा नबुझेका कुरा युट्युबको माध्यमबाट ज्ञान लिएर तरकारी खेतीको थालनी गरेको हुँ ।” 

आक्वापोनिक प्रविधिबाट उनले गोलभेँडा, प्याज, काँक्रा, खुर्सानी, साग तथा स्टाबेरीको खेती गर्नुभएको छ । “आक्वापोनिक प्रविधि विदेशमा निकै प्रयोगमा रहेपनि स्वदेशमा भने यो प्रविधि निकै नौलो रहेको छ”, थापाले भन्नुभयो, “यो प्रविधिको अवलोकन गर्न आउने कतिपयले त माटोबिना पनि तरकारी खेती हुन्छ र ? भनेर आश्चर्य पनि मान्नुहुन्छ ।” 

आक्वापोनिक प्रविधिको प्रयोगले खेती गर्दा परिश्रम कम लाग्ने, खनजोत तथा गोडमेल गर्न नपर्ने भएकाले पनि यो फाइदाजनक छ । 

“यो प्रविधि अस्थायी र स्थायी दुई तरिकाले गर्न सकिन्छ, मैले झण्डै रु १० लाखको लगानीमा स्थायी किसिमले गरेको छु”, थापाले भन्नुभयो, “यो लगानीले मैले करीब ४५÷५० वर्षसम्म उपयोग गर्न सक्छु ।” 

यो प्रविधिबाट तरकारी खेती गर्नका लागि मोटर, बायो फिल्टर, पाइप, थर्मकुल, ग्लास टनेललगायतका सामग्री आवश्यक पर्छन् भने थापाले पाइप, गिटी र थर्मकुल गरी तीन तरिकाबाट खेती गर्नुभएको छ । “आक्वापोनिक प्रविधिका लागि माछा राख्न ट्याङ्की वा पोखरीको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “ट्याङ्की/पोखरीको माछाले गरेको दिशा केही दिनमा नाइट्रोअक्साइड भएर त्यसबाट नाइट्रेड प्राप्त हुने र बिरुवालाई चाहिने तत्व बायो फिल्टर हुँदै पाइपको माध्यमबाट बिरुवामा पठाउने गरिन्छ ।” 

थापाले थालनी गरेको यो प्रविधिको अध्ययन अवलोकनका लागि धेरै ठाउँबाट मानिस आउने गरेका छन् । जग्गा जमिनको कमी भए पनि अत्याधुनिक तवरबाट थोरै ठाउँबाट पनि धेरै उत्पादन लिन सकिने उहाँको दाबी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण