Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ साउन ०९ गते, राति ९:४७ बजे काठमाडौँ - KTM, कृषि गतिबिधी, गुल्मी - GLM

फलाएरै छाडे रिडीका युवाले बगरमा तरकारीः एक रिर्पोट

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | साउन ९, गुल्मी | गुल्मीको रिडी वजारमा यति बेला लटरम्म फलिरहेको तितेकरेलाहरु  जुन देखिन्छ , त्यो स्थान गत माघ महिना सम्म बालुवा उडेर उभिनै नसक्ने वगर थियो ।  त्यति वेला सम्म त्यो स्थान गुल्मीको रिडी वजारको फोरह र अनावश्यक  वस्तु मिल्काउने डम्पीङ्ग साईड थियो ।

जब गत माघे सक्रान्तिको साता ब्यापी रिडी मेला सकियो ।  तव रिडी बजारका  केहि युवाहरुले त्यो स्टलका बाँस र जस्ता पाता दोहरो प्रयोग कसरी गर्ने ? भन्ने बारे  विचार विमर्श गरे  ।

रिडी वजारमा ठुलै ईलोक्ट्रोनिक  पसल र त्यहाँका सभ्रान्त परिवार मध्येका एक भए पनि त्यहाँका युवा उजिर खान नयाँ नयाँ  प्रयोगकको तरकारी खेत  गर्नमा विगत लामो सयम देखि शौखिन ब्यक्ति हुन ।

यस अघि दुई तिन वटा तरकारी फम खोलेर अनुभव संगालेका उनले त्यस वगरमा पनि तरकारी फल्न सक्ने साथी भाई विच चर्चा चलाए ।   वर्षऔं अघि खोलाले नबगाउनु पुर्व त्यो वगर  लहलह धान फल्ने खेत थियो ।

माथी पो वगर छ  तल गहिराईमा पुग्ने हो भने त उर्वर भुमि नै छ भन्ने चर्चा ब्यापक रुपमा चलाए त्यहाँका १४ जना  युवाले । त्यसका लागि सम्भवतः जिल्ला मै पहिलो पटक डोप खन्ने मेशिन भित्राए । त्यस मेशिनले   तिते करेला रोप्ने डोव खन्न  थालियो ।

माघेसक्रान्ति मेलामा प्रयोग भएका स्टलहरुका जस्तापाताहरुले कम्पाउण्ड बार बन्देज गरियो । त्यस कपाउण्ड भित्र वाँस गाडेर माथी छत समेत बाँस कै बनाईयो । त्यस मेशिनले वगरका धेरै तल रहेको तत्कालिन खेतको उर्वरभुमी सम्म डोवहरु बनायो ।

मान्छेका उर्वर खेत र वारी बाँझै भई रहेका वेला बुढापाकाहरुले उल्लाउन थाले युवाहरुलाई ।  ९ वर्ष सम्म वैदेशिक रोजकारको अनुभव संगालेका अर्का युवा प्रेम भण्डारीले मेशिन चलाएर डोव पार्न थाले करिव ४ सय बोट तिते करेलाका ।

भण्डारी भन्छन–‘ यो हाम्रो नौलो  प्रयोग थियो ।  तर त्यति बेला धेरैले हामीलाई खिस्याए ।  बगरमा पनि खेती ? भनेर उल्लाए । तर उनिहरुले  बालुवामा उम्रिदैन भन्थे उमारेरै छाड्यौं । फुल्दैन भन्दै फुलाएरै छाड्यौं र फल्दैन भन्थे फलाएरै छाड्यौं । ’

उनले थपे–‘ त्यस्तै ४, ५ क्विटल जति बेचि सक्यो र बेच्दै पनि छौं, अर्घानिक तितेकरेला भएकोले मुल्य पनिर रामै दिएका छन ।  आगमी माघ महिना पछि फेरी थप वगर विस्तार गर्ने सोचमा छौ । ’

ति १४ जना युवाहरु मध्येका उजिर खान भन्छन –‘ हिजो डम्पीङ्ग साईडका रुपमा रहेको खाली वगर र माघे सक्रान्ति मेलाका बाँस र जस्ता पातको प्रयोग पनि भयो । टाईम पासका लागि क्यारम्वोट र तास खेल्ने युवाहरुले काम पाउँदा धेरै राम्रो भएको छ , हामी खुशी छौं यो नौलो प्रयोग सफल भएकोमा ।’

उनले डोव खन्ने उक्त मेशिना पनि जिल्लामा पहिलो पटक भित्रिएको र त्यसले धेरै छोटो खन्ने बताए .उनले सन्तोष ब्यक्त गर्दै भने –‘ करिव सवा लाख जति हामीले खर्च गरेका छौं । पहिलो सिजनमा घाटा नै परे पनि वगरमा तरकारी फलाउन सफल भएकोमा आनन्द मिलेको छ । ’

करिव ६ रोपनी क्षेत्र फलमा लहलह तितेकरेला फलेको देखेर हिजो खिस्याउने वुढापाकहरु प्नि अचम्वित हुँदै ठिकै गरेका रहेछन केटाहरुले भनेर भन्न थालेका छन ।

रुरु गाउँपालिका वडा नम्वर १ मा पर्ने रिडी बजारका युवाहरुले त्यसरी बगरमा तरकारी खेती गरेर देखाएकोमा त्यस गाउँपालिकाले उनिहरुलाई थप प्रोत्साहित  गर्ने जनाएको छ । उनिहरुको त्यस कार्यलाई अन्य स्थानका युवाहरु पनि अवलोकनमा आई सह्राना र सहकार्य गर्ने बताएका छन ।