२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै दाङका महिलाहरु

१६ आश्विन २०७५, मंगलवार ११:४४

असोज १६, दाङ | तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । 

शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताउनुभयो । “केही वर्षपछि भने संस्थामा आबद्ध १४ महिलाको सक्रियता र समूहमा सङ्कलन गरिएको केही रकमबाट एक कट्ठा जग्गा किन्न सफल भयौँ, आफैँ लगानी र श्रमदान गरेर, समूहका लागि पक्की घर बनायौँ र सोही घरमा अहिले च्याउखेती गरेका छौँ ।”उहाँले भन्नुभयो । 

विसं २०६५ मा कृषि विकास कार्यालयले महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको च्याउखेती सम्बन्धी तालीम पाएलगत्तै गाउँका दिदीबहिनी भेला भई पहिलो वर्ष पाँच हजारको लगानीमा सो खेती शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

त्यस बेलामा वर्षमा रु ३० देखि रु ४० हजार सङ्कलन गरिएकामा विस्तारै व्यवसाय बढाउँदै प्रतिव्यक्ति रु एक लाखसम्म जम्मा हुन थालेपछि संस्थाका लागि जग्गा किन्नाका साथै अहिले उनीहरूले वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी गरिरहेका छन् । 

व्यवसायलाई विस्तार गर्न लघुउद्यम कार्यालयले पनि च्याउखेतीका लागि आवश्यक बीउ, कृषि औजार दिँदै आएको छ । अहिले सो समूहबाट दैनिक ८० देखि ९० केजी च्याउ उत्पादन हुने गरेको र त्यो च्याउ लिन उत्पादन गर्ने ठाउँमै ग्राहक आउने संस्थाकी सदस्य अनिता चौधरीले जानकारी दिनुभयो । 

छिट्टै आम्दानी लिन पनि सकिने र मेहनत पनि त्यति नलाग्ने भएकाले सबैले आफ्ना घर–घरमा पनि च्याउखेती गरेको उहाँको भनाइ थियो । घरमा गरिएको च्याउ खेतीबाट मात्रै वार्षिक रु एक लाख पचास हजारसम्म आम्दानी लिन उनीहरू सफल छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य