2026-10-22 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कुखुरापालक किसान घाटामा

नारायण अधिकारी | मङ्सिर ८, चितवन | कुखुराजन्य उत्पादनको मूल्यमा निकै गिरावट आएपछि किसान प्रभावित भएका छन् । 

अण्डा र मासु दुबैको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम रहेकाले कुखुरापालक किसान घाटामा जान थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिको जानकारी अनुसार एउटा अण्डाकोलागत मूल्यभन्दा बिक्री मूल्य रु दुई प्रतिगोटा कम छ । सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दैनिक ३५ लाख गोटा अण्डा उत्पादन हुनेगर्दछ । अण्डाबाट किसानले दैनिक रु ७० लाख नोक्सान व्यहोरिरहेको उहाँले बताउनुभयो ।

सङ्घले हाल फार्म मूल्य प्रतिक्रेट ठूलो अण्डा रु २३० र मझौला अण्डा रु २०० तोकेको भए पनि बजारमा ठूलो अण्डा रु २०० को हाराहारी र मझौला रु १८० हाराहारीमा बिक्री भएको कँडेलले बताउनुभयो । अण्डाको लागत मूल्य रु नौ रुपैयाँ पर्ने गर्दछ । जसबाट लेयर्स कुखुरा पाल्ने दुई हजार किसानले नोक्सान व्यहोरिरहेको उहाँले बताउनुभयो । 

नेपालमा कुखुरापालन क्षेत्रमा ७० अर्ब लगानी रहेको व्यवसायी बताउँछन् । यसको आधा हिस्सा लेयर्स कुखुरा पालनमा लगानी भएको छ । आधाभन्दा बढीमा बैंकको ऋण रहेको छ । कँडेलले किसान बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब तीन महीना यस्तै रह्यो भने आधा किसान व्ययवसायबाट विस्थापित हुन बाध्य हुन्छन् ।” उता कुखुराको मासुको मूल्य अत्यधिक घटेपछि बोइलर कुखुरापालक किसान पनि प्रभावित बनेका छन् । कुखुरापालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेलले किसानले मासुमा प्रतिकिलो रु ४० नोक्सान व्यहोरिरहेका बताउनुभयो । 

फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १३५ मा बिक्री भइरहेको छ । लागत मूल्य प्रतिकिलो रु १७५ पर्ने उहाँको भनाइ छ । देशभरमा ४० हजारभन्दा बढी कृषक बोइलर कुखुरा पाल्छन् । चल्ला, दानाको मूल्य बढी तिरेर पनि कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्दा निकै नोक्सान व्यहोर्नु परेको उहाँले बताउनुभयो । 

सङ्घले दाना उत्पादन सघ, ह्याचरी उद्योग सङ्घ र सप्लायर्ससँग सहयोगको आह्वान गरेको भए पनि कसैले चासो नदेखाएको उहाँले बताउनुभयो । देशका ठूला कोल्ड स्टोर्सले सस्तोमा कुखुरा खरीद गरेर गोदाम भर्ने र महङ्गो मूल्यमा मासु बिक्री गर्ने गरेका कारण किसान मर्कामा परेका बताइएको छ । यसका साथै अवैध रुपमा भारतीय बजारबाट मासु भित्र्याउदा पनि किसान प्रभावित बनेका पौडेलको भनाइ छ । \

यस्तै अवस्था रहे किसानले शुरुमा चल्ला उठाउन बन्द गर्ने, त्यसपछि दाना रोकेर आन्दोलन थाल्ने उहाँले चेतावनी दिनुभयो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्लाको मूल्यमा समेत गिरावट आएको छ । रु ७५ प्रतिगोटा बिक्री हुँदै आएको बोइलर चल्ला रु ५५देखि ६० मा झरेको छ, भने रु १७० मा बिक्री हुँदै आएको लेयर्स चल्ला रु ७५ मा झरेको छ । 

मासुको मूल्य बजारमा बढी भए पनि किसानले जिउँदो कुखुराको मूल्य कम पाएको पोखरेलले बताउनुभयो । बजारमा रु २५० भन्दा बढीमा तयारी मासु बिक्री हुँदासमेत किसानको फर्ममा जिउँदो कुखुराको मूल्य निकै कम रहेको छ । 

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष समेत रहनुभएका पोखरेलले अण्डा उत्पादक किसानको आपसीे प्रतिस्पर्धाले मूल्यमा गिरावट आएको बताउनुभयो । बजार व्यवस्थित हुन नसकेमा दीर्घकालीन रुपमा कुखुरा व्यवसाय प्रभावित हुने भन्दै उहाँले किसानबीचको एकता र राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ