४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिमा आधुनिक उपकरण

१४ पुष २०७५, शनिबार ०२:४२

पुष १४, विराटनगर (रासस) | पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । 

जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुनथालेकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । 

सङ्घीय र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत किसानलाई सिँचाइ गर्न, खेत जोत्न, मकै छर्न, धान रोप्न र धान काटनका लागि आधुनिक उपकरणमा अनुदान दिएकाले परम्परागत कृषि औजार लोप हुँदै गएको छ । ठूलो आकारका उपकरणले एक घण्टामा दुई बिघा धान काट्नाका साथै धान दाउनीसमेत गर्ने भएकाले अहिले खेतबाटै किसानले घरमा धान भित्र्याउने गरेका छन् । 

रङ्गेली नगरपालिका–४ का किसान शिवराम मण्डलले विगतका वर्षमा खेतीबाट धान भित्र्याउन दुई हप्ता लाग्ने गरेकामा यस वर्ष आधुनिक उपकरणको प्रयोग गरेका कारण धान काटेको दुई घण्टामै घर भित्र्याइएको र धान काट्न मजदूर नपाउने समस्या पनि टरेको बताउनुभयो । 

सुनवर्सी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले कृषि उत्पादत वृद्धि गर्न र यस पेशाप्रति आकर्षित गराउन नगरपालिकाले बजेट छुट्याएर कृषि यान्त्रिकरणमा जोड दिएको बताउनुभयो । रङ्गेली नगरपालिकाले पनि समूह बनाएर किसानलाई आधुनिक उपकरण खरिदमा अनुदान उपलब्ध गराएको छ । उक्त नगरपालिकाका अधिकृत कृष्णप्रसाद भट्टराईले वडा नं ४ र ५ किसानलाई समूह बनाएर दुई धान काट्ने उपकरण उपलब्ध गराएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा