2026-10-22 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

सुरेन कुँवर | माघ ४, रत्ननगर | नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । 

दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु आठ लाखसम्म आम्दानी गर्नुहुन्थ्यो । अष्ट्रेलियाको वाल्चा डेरी फार्ममा काम गर्दा बचत गरेको पैसाले उहाँहरूले चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनमा ल्याउन लाग्नुभएको छ । अहिले रु ३६ करोडको लगानीमा गाई फार्मलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा घाँस खेती शुरु गरिएको छ । 

फार्मका सञ्चालक केसीका अनुसार अष्ट्रेलियाली प्रविधिको उपकरणसहित आधुनिक फार्म निर्माण गर्ने कामलाई अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “अष्ट्रेलियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । वाल्चा गाई फार्मकै सिको गर्दै माडीमा फार्म बनाउन लागेका छौँ ।” 

केसीका अनुसार नेपालमा अहिलेसम्म अष्ट्रेलियन प्रविधिमा आधुनिक गाई फार्म सञ्चालनमा आएको छैन । फार्मले माडी नगरपालिका–१ पाण्डवनगरस्थित रिउखोलाको तिरमा स्थानीय व्यक्ति र स्थानीय सरकारको संरक्षणको ५०० हेक्टर उपयोगविहीन जमीनमा ‘साइलेज’ उत्पादन गर्न ३० वर्षका लागि नगरपालिकासँग सम्झौता गरेको छ । 

नेपालमा पाइने होलिस्टेन फ्रिजियन जातको गाईका २०० बाछी चितवन, नवलपरासी, रुपन्देही, मकवानपुरका व्यावसायिक गाई फार्मबाट खरिद गर्ने सञ्चालक केसीले जानकारी दिनुभयो । फार्मले ५०० स्थानीयवासीलाई रोजगारी दिने गाई फार्मका अर्का सञ्चालक सागर बगालेले बताउनुभयोे । 

उत्पादित दूधलाई आफ्नै फ्याक्ट्रीमा दूधजन्य परिकार बनाइने छ । माडीका अन्य कृषकको दूध पनि फार्मले खरिद गर्छ, सञ्चालक केसीले भन्नुभयो, “दूधका परिकारलाई देशमा मुख्य शहरमा निर्यात गर्छौ । यसले विदेशी दूधजन्य परिकारको आयतलाई कम गर्ने छ ।” 

माडीलाई कृषि र पर्यटनमा व्यवस्थित गर्न अघि बढेका छौँ, माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले भन्नुभयो, “उपयोगविहीन सार्वजनिक जग्गा प्रयोगमा आउनु राम्रो कुरा हो । फार्मले घाँस लगाएपछि खेती गर्न छाडेका जमीनमा स्थानीय कृषकले पुनः खेती गर्ने वातावरण बनेको छ । यसबाट माडीवासी र नगरपालिकालाई प्रत्यक्ष फाइदा पुग्छ ।” उक्त फार्मले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको छ । 

माडी दूधमा आत्मनिर्भर 

छ वर्षअघि दैनिक २५० लिटर दूध उत्पादन हुने यहाँ हाल दैनिक पाँच हजार दूध उत्पादन हुन्छ । नेपाल दुग्ध विकास संस्थान (डिडीसी) ले छ वर्षदेखि दूध खरिद गर्न थालेकाले यहाँका कृषकले व्यावसायिक रुपमा गाई, भैँसी पाल्न थालेका थिए । व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष सूर्य भुसालका अनुसार ३५ भन्दा बढी कृषकले व्यावसायिक रुपमा गाई र भैँसीपालन गर्ने गरेका छन् । उत्पादित दूधलाई भण्डारण गर्न माडी–१ र ७ मा एक÷एक चिस्यान केन्द्र छन् । 

“माडीमा सात वर्षअघि व्यावसायिक गाई तथा भैँसीपालक कृषक थिएनन्,” अध्यक्ष भुसालले भन्नुभयो, “दुई वर्षदेखि व्यावसायिक गाई तथा भैँसीपालन शुरु भएको हो । अहिले एक जनाले ५० सम्म गाई, भैँसी पालेका छन् ।” 

यहाँबाट दैनिक पाँच हजार लिटर बजारमा खपत हुन्छ । चार हजार लिटर दूध डिडीसीले खरिद गर्छ भने बाँकी एक हजार लिटर दूध स्थानीय बजारमै बिक्री हुन्छ । कृषकले दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले उनन्त जातका गाई तथा भैँसी पाल्न थालेका जानकारी दिँदै अध्यक्ष भुसालले भन्नुभयो, “डिडीसीले विभिन्न सङ्घसंस्थाका १२ सङ्कलन केन्द्रमार्फत दूध खरिद गर्छ । नगरपालिकाले यस वर्षदेखि डिडीसीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर रु तीनको दरले अनुदान दिने व्यवस्था गरेको छ ।” 

नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहित गर्न कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले रु ११ करोड सहुलियत कर्जाको पनि व्यवस्था गरेको छ । चितवन देशकै धेरै दूध उत्पादन गर्ने दोस्रो जिल्ला हो । हाल यहाँ दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ