2026-10-20 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवनमा सुन्तलाको उत्पादन घट्यो

फागुन १३, चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन आधा घटेको छ । बोटमा रोग र थन्क्याउने बेलामा वर्षा भए पछि यहाँको सुन्तला उत्पादनमा अस्वभाविक रुपमा कमी आएको हो । 

कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा यस वर्ष एक हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार जिल्लामा २२० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । जहाँ अघिल्लो वर्ष करीब रु सात करोडको सुन्तला बिक्री भएको थियो । यस वर्ष भने रु तीन करोड ७० लाख ८० हजारको सुन्तला बिक्री भएको छ । 

जिल्लाको इच्छाकामना गाउँपालिकामा मात्र सुन्तला खेती हँुदै आएको छ । सो गाउँपालिकाको काउले, चण्डीभञ्ज्याङ, तामिन, दारेचोकलगायतको क्षेत्रका ४५० कृषकले सुन्तला खेती गर्दै आएका छन् । दारेचोकका सुन्तला कृषक कृष्णबहादुर गुरुङका अनुसार टिप्ने बेलामा तीन दिनसम्म झरी परेपछि धेरै सुन्तला कुहिएर नोक्सान भएको थियो । यस्तै सुन्तलाको बोटको टुप्पोबाट फेदसम्म सुक्दै जाने समस्याले निकै नोक्सान भएको उहाँले बताउनुभयो । गत वर्ष रु २३ लाखको सुन्तला बिक्री गर्नुभएका गुरुङले यस वर्ष त्यही बारीको सुन्तलाबाट रु १५ लाख मात्र कमाइ भएको बताउनुभयो । उहाँले ४० हेक्टरमा सुन्तला लगाउनु भएको छ । 

माघमा पानी परेपछि सुन्तलाको मूल्यसमेत घटेको थियो । गुरुङका अनुसार रु ९५ प्रतिकिलो बिक्री भएको सुन्तला पानी परेपछि रु २० सम्म झरेको थियो । सुन्तला उत्पादनमा वृद्धि हुनुपर्ने समयमा घट्दै जाँदा कृषक चिन्तित बनेका छन् । 

बागवानी अधिकृत थापाले टुप्पोबाट मर्दै पूरै बोट सुक्ने समस्या देशव्यापीरुपमा देखिएको बताउनुभयो । यसलाई न्यूनीकरणका लागि कृषकले बोडोमिश्रण र बोडोपेस्टको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालयका प्राविधिक खेती भएकै ठाउँमा गएर कृषकलाई रुख मर्न बाट बचाउनका लागि उपचार पद्धत्ति सिकाउने गरेको भए पनि नियन्त्रण हुन नसक्दा उत्पादनमा कमी आएको थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ