2026-09-01 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवनमा सुन्तलाको उत्पादन घट्यो

फागुन १३, चितवन । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन आधा घटेको छ । बोटमा रोग र थन्क्याउने बेलामा वर्षा भए पछि यहाँको सुन्तला उत्पादनमा अस्वभाविक रुपमा कमी आएको हो । 

कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा यस वर्ष एक हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार जिल्लामा २२० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । जहाँ अघिल्लो वर्ष करीब रु सात करोडको सुन्तला बिक्री भएको थियो । यस वर्ष भने रु तीन करोड ७० लाख ८० हजारको सुन्तला बिक्री भएको छ । 

जिल्लाको इच्छाकामना गाउँपालिकामा मात्र सुन्तला खेती हँुदै आएको छ । सो गाउँपालिकाको काउले, चण्डीभञ्ज्याङ, तामिन, दारेचोकलगायतको क्षेत्रका ४५० कृषकले सुन्तला खेती गर्दै आएका छन् । दारेचोकका सुन्तला कृषक कृष्णबहादुर गुरुङका अनुसार टिप्ने बेलामा तीन दिनसम्म झरी परेपछि धेरै सुन्तला कुहिएर नोक्सान भएको थियो । यस्तै सुन्तलाको बोटको टुप्पोबाट फेदसम्म सुक्दै जाने समस्याले निकै नोक्सान भएको उहाँले बताउनुभयो । गत वर्ष रु २३ लाखको सुन्तला बिक्री गर्नुभएका गुरुङले यस वर्ष त्यही बारीको सुन्तलाबाट रु १५ लाख मात्र कमाइ भएको बताउनुभयो । उहाँले ४० हेक्टरमा सुन्तला लगाउनु भएको छ । 

माघमा पानी परेपछि सुन्तलाको मूल्यसमेत घटेको थियो । गुरुङका अनुसार रु ९५ प्रतिकिलो बिक्री भएको सुन्तला पानी परेपछि रु २० सम्म झरेको थियो । सुन्तला उत्पादनमा वृद्धि हुनुपर्ने समयमा घट्दै जाँदा कृषक चिन्तित बनेका छन् । 

बागवानी अधिकृत थापाले टुप्पोबाट मर्दै पूरै बोट सुक्ने समस्या देशव्यापीरुपमा देखिएको बताउनुभयो । यसलाई न्यूनीकरणका लागि कृषकले बोडोमिश्रण र बोडोपेस्टको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालयका प्राविधिक खेती भएकै ठाउँमा गएर कृषकलाई रुख मर्न बाट बचाउनका लागि उपचार पद्धत्ति सिकाउने गरेको भए पनि नियन्त्रण हुन नसक्दा उत्पादनमा कमी आएको थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला