२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भुक्तानीको माग गर्दै उखु किसान रिले अनशनमा

५ जेष्ठ २०७६, आईतवार १७:१३

जेठ ५, सर्लाही | उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आजदेखि मलंगवामा रिले अनशन शुरु गरेको छ । 

धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एण्ड जेनरल इण्डष्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महीनाको बाँकी राखेको रकम भुक्तानीको माग गर्दै मलंगवाको सहिद पार्कमा उखु किसानले आजदेखि रिले अनशन शुरु गरेका हुन् । 

पटक–पटक भुक्तानीका लागि चिनी मिल र स्थानीय प्रशासनसँग आग्रह गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर रिले अनशन गर्नुपरेको संघर्ष समितिले जनाएको छ । तीन बुँदे माग राख्दै उखु किसानले रिले अनशन शुरु गरेको छ । उखु किसानको भुक्तानी तुरुन्त गर्नुपर्ने, बलजफ्ती चिनी मिलद्वारा आफू खुशी कायम गरेको मूल्य ५०० खारेज गरी नेपाल सरकारद्वारा निर्धारित प्रति क्वीन्टल रु ५३६ नै भुक्तानी दिनुपर्ने र उखुको तौलमा प्रति क्वीन्टल २० प्रतिशतसम्म ढालटा (सुख्खा कटी) को नाममा काटिएको रकमसमेत भुक्तानी दिनुपर्ने किसानहरुले माग गरेको छ । 

किसानको नेतृत्व गर्दै रिले अनशनमा बस्नुभएका राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रले उद्योगीको रबैयाका कारण किसान मारमा परेका बताउनुभयो । पटक–पटक ताकेदा गर्दा पनि भुक्तानी दिने छाँट नदेखिएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रेको उखु किसान संघर्ष समिति क्षेत्र नंं ४ का संयोजक राम सोगारथ राय यादवले जानकारी दिनुभयो । 

भुक्तानी नपाएपछि घरव्यवहार, शिक्षा, स्वास्थ्य तथा विहेवारीको खर्च ऋण काढेर गर्नु परेको यादवले गुनासो गर्नुभयो । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उखुको भुक्तानीका लागि उद्योगीलाई आफूले ताकेता गरेको बताउनुभयो  । किसानलाई छिटोभन्दा छिटो भुक्तानी गर्नुपर्छ भनेर आफूले उद्योगलाई भनेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य