2026-09-01 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दूधको मूल्य नबढाए काठमाडौं घेर्ने माडीका किसानको चेतावनी

साउन २८, चितवन । माडीका दुग्ध उत्पादक किसानले दूधको मूल्य नबढाए आन्दोलन गर्ने बताएका छन्  | मंगलबार माडीको वसन्तपुरस्थित पशुपक्षी शाखा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाजले भदौ १ देखि मूल्य नबढे ४ देखि ६ गतेसम्म काठमाडौं घेराउ गर्ने चेतावनी दिएको हो ।

चोकर र दानामा ३० प्रतिशतसम्म मूल्यवृद्धि भए पनि दूधको मूल्य वृद्धि नहुँदा पलायन हुने अवस्था आएको समाजका अध्यक्ष सूर्य भुसालले बताए ।  माडीका किसानहरुले दैनिक ३ हजार ५ सय लिटर दूध उत्पादन गर्ने गरेका छन् ।

माडी नगरपालिकाले किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिएकोमा यसलाई बढाएर ५ रुपैया पु¥याउनुपर्ने अध्यक्ष भुसालले माग गरे । माडीमा रहेको पशुपक्षी शाखामा चिकित्सकको दरबन्दी सिर्जना गरी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने उनले बताए । माडी नगरपालिका १ र २ तथा ८ र ९ का लागि थप २ सेवा केन्द्रसमेत स्थापनाका लागि माडी नगरपालिकाले पहल गर्नुपर्ने उनले बताए । ९ जना दरवन्दी रहेको माडीको पशुपक्षी शाखामा हाल ३ जना कर्मचारी मात्रै कार्यरत छन् ।

समाजका सचिव गंगादत्त वस्ताकोटीले माडी नगरपालिकाले किसानलाई वितरण गरेको अनुदानको सदुपयोगबारे अनुगमन गर्नुपर्ने बताए । बस्ताकोटीले भने, ‘किसानमैत्री कार्यक्रम अन्र्तगत ४ प्रतिशत सहुलियत ब्याज अनुदान कार्यक्रममा १२ करोड रुपैयाँ साना किसान महिला सहकारी मार्फत वितरण गरिएको छ । ३ सय २४ जना कृषकले पाएको अनुदान रकम सही ठाउँमा सदुपयोग भए नभएको तथ्याङ्क निकाल्नुपर्छ ।’

माडी नगरपालिका–२ मा सबैभन्दा दूध उत्पादन हुने वडा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला