४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तुल्सीपुरमा बाँझो जग्गा राख्नेलाई दण्ड

५ असार २०७७, शुक्रबार ०९:४६

असार ५, दाङ । तुलसीपुर उपमहानगरपालिकाले बाँझो जग्गा राख्नेलाई दण्ड दिने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ  । आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम आज सातौँ नगरसभामा प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वमा फैलिएको कोरोना महामारीका कारण बेरोजगारी समस्या बढ्न सक्ने आंकलन गरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

बढ्दो आयातित हाइब्रिड बीउ प्रतिस्थापन गर्न बीउ बैङ्क स्थापना गर्ने, सामूहिक खेतीलाई प्राथमिकता दिने, परम्परागत खेतीलाई आधुनिकीकरण गर्ने,  कृषि औजार प्रयोगलाई बढाउने, एक गाउँ एक उत्पादन अभियान चलाउने र  कृषि बीमा गर्न विभिन्न कम्पनीसँग सहकार्य गर्ने नीति  उपमहानगरपालिकाले लिएको छ ।

युवालाई कृषिमा आकर्षित गर्न धान, मकै र गहुँबालीमा अनुदान दिने, प्लाष्टिक टनेल वितरण गर्ने, कृषक पहिचान कृषिमा स्वाभिमान भन्ने नाराका साथ किसानलाई प्रोत्साहनस्वरुप परिचयपत्र तथा पोशाकको व्यवस्था तथा व्यावसायिक किसानलाई अनुदान दिने व्यवस्था गरिएको नगर प्रमुख पाण्डेले बताए ।

नगरबासीको आपत्कालीन स्वास्थ्य सेवामा सहज पहुँचका लागि सबै वडामा एम्बुलेन्स सेवा विस्तार तथा सुत्केरीको सुरक्षा कार्यक्रम प्रभावकारी भई मातृमृत्युदर शून्यमा झार्न सफल भएकाले प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ । सुत्केरी गराउनका लागि एम्वुलेन्स प्रयोग गर्नेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ