२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

यसरी भईरहेको छ धादिङमा निषेधाज्ञाको पालना

२०७७, १३ भाद्र शनिबार १६:५९

डि. पी छत्कुली | भदौ १३, धादिङ | सरकारले दुईसय भन्दा बढि कोरोना संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ, यी जिल्लाहरु मध्य धादिङ पनि शुक्रवार देखिनै उच्च जोखिम सूचीमा परेको छ ।

धादिङ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्मको लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । त्यसो त आज शनिवारसम्मको कोरोना संक्रमित संख्या धादिङमा २१८ पुगेको छ । स्वास्थ्यको मापदण्ड तोड्दै निषेधाज्ञालाई पनि वास्ता नगर्दै धादिङका किसानहरु भने कोरोना भन्दा पनि रसायानिक मल नपाउने होकी भन्ने चिन्तामा छन् । किसानहरु तछाड-मछाड गर्दै सनिबार बिहान देखि ठूलो भिडमा जम्मा भएको देख्न सकिन्छ । कुनै महोत्सव वा ठुलै जात्रा लागे जसरी मान्छेहरुको घुईचो देखियो । यो भिडलाई रोक्न प्रहरीहरुलाई समेत हम्मेहम्मे परेको देखियो । 

महामारीका बीच मल लिन पुगेका किसानहरु मध्ये एक हरि रिजालले भने 'कोरोनाले कहिले मरिन्छ थाहा छैन तर एक वर्ष खाने बाली नआए जतिबेला पनि मर्न सकिन्छ ।' त्यस्तै अर्का कृषक भन्छन् 'रोगले भन्दा भोकले मर्ने दिन नजिकै आईसक्यो ।' 


भिड गरेर पनि चाहेजति मल पाउन नसकेको कृषकहरुको गुनासो छ । धादिङमा बिगतको वर्षझैं यो वर्ष पनि मलको अभाव भने खड्किएको छ । कृषहरुले तोकिएको मुल्यभन्दा बढी तिर्छु भन्दा पनि पर्याप्त मल पाउन नसकेको कृषक हरी कोईरलाले बताए । उनले भने 'सरकारले जतिनै कृषिमा क्रान्ति ल्याउछौं भनेर भाषण दिएपनि चाल भने उहि विगतका वर्षको भन्दा कुनै कमी रहेन । कहाँ आयो कुशल शासन ? कहाँ भयो कृषि क्रान्ति ? दु़ई/चार पोका बिउको पोका दिदैमा क्रान्ति आउने भए…, कृषि मन्त्रालएको जयजयकार गर्नहुन्थ्यो ।' 

'सनिबार मल लिन धादिङ सदरमुकाममा लागेको भीडलाई कमसेकम टोकनबाट वितरण गरेको भए सामाजिक दुरी कायम गरेरै मल लिन सकिने थियो' एक किसानले भने । मल वितरण व्यवस्थित नहुँदा कोरोनाको डरका बीच भीडमा बसेर मल लिन बाध्य भएको एक किसानले गुनाशो गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा