१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

यसरी भईरहेको छ धादिङमा निषेधाज्ञाको पालना

१३ भाद्र २०७७, शनिबार १६:५९

डि. पी छत्कुली | भदौ १३, धादिङ | सरकारले दुईसय भन्दा बढि कोरोना संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ, यी जिल्लाहरु मध्य धादिङ पनि शुक्रवार देखिनै उच्च जोखिम सूचीमा परेको छ ।

धादिङ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्मको लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । त्यसो त आज शनिवारसम्मको कोरोना संक्रमित संख्या धादिङमा २१८ पुगेको छ । स्वास्थ्यको मापदण्ड तोड्दै निषेधाज्ञालाई पनि वास्ता नगर्दै धादिङका किसानहरु भने कोरोना भन्दा पनि रसायानिक मल नपाउने होकी भन्ने चिन्तामा छन् । किसानहरु तछाड-मछाड गर्दै सनिबार बिहान देखि ठूलो भिडमा जम्मा भएको देख्न सकिन्छ । कुनै महोत्सव वा ठुलै जात्रा लागे जसरी मान्छेहरुको घुईचो देखियो । यो भिडलाई रोक्न प्रहरीहरुलाई समेत हम्मेहम्मे परेको देखियो । 

महामारीका बीच मल लिन पुगेका किसानहरु मध्ये एक हरि रिजालले भने 'कोरोनाले कहिले मरिन्छ थाहा छैन तर एक वर्ष खाने बाली नआए जतिबेला पनि मर्न सकिन्छ ।' त्यस्तै अर्का कृषक भन्छन् 'रोगले भन्दा भोकले मर्ने दिन नजिकै आईसक्यो ।' 


भिड गरेर पनि चाहेजति मल पाउन नसकेको कृषकहरुको गुनासो छ । धादिङमा बिगतको वर्षझैं यो वर्ष पनि मलको अभाव भने खड्किएको छ । कृषहरुले तोकिएको मुल्यभन्दा बढी तिर्छु भन्दा पनि पर्याप्त मल पाउन नसकेको कृषक हरी कोईरलाले बताए । उनले भने 'सरकारले जतिनै कृषिमा क्रान्ति ल्याउछौं भनेर भाषण दिएपनि चाल भने उहि विगतका वर्षको भन्दा कुनै कमी रहेन । कहाँ आयो कुशल शासन ? कहाँ भयो कृषि क्रान्ति ? दु़ई/चार पोका बिउको पोका दिदैमा क्रान्ति आउने भए…, कृषि मन्त्रालएको जयजयकार गर्नहुन्थ्यो ।' 

'सनिबार मल लिन धादिङ सदरमुकाममा लागेको भीडलाई कमसेकम टोकनबाट वितरण गरेको भए सामाजिक दुरी कायम गरेरै मल लिन सकिने थियो' एक किसानले भने । मल वितरण व्यवस्थित नहुँदा कोरोनाको डरका बीच भीडमा बसेर मल लिन बाध्य भएको एक किसानले गुनाशो गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो