२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गोरखामा पशुपन्छीको बीमा निःशुल्क

२८ कार्तिक २०७७, शुक्रबार ०८:०७

कात्तिक २८, गोरखा । गोरखा जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरु भएको छ ।  भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि निःशुल्क पशु बीमा कार्यक्रम शुरु गरिएको केन्द्रका प्रमुख डा इन्द्रबहादुर भट्टले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ४२ लाख बजेटमार्फत कार्यक्रम शुरु भएको उहाँले बताउनुभयो । “यसअघि जिल्लाभित्रका पशुपालक कृषकहरुले पशुपन्छी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो”, प्रमुख डा भट्टले भन्नुभयो, “अब यो कार्यक्रम लागू भएसँगै कृषकहरुले किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।” निःशुल्क पशुपन्छी बिमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले तिरिदिने उहाँले बताउनुभयो ।

बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने प्रमुख डा भट्टले जानकारी दिनुभयो । “किसानले बिमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पुर्याएर रकम भुक्तानी गरिदिन्छौँ ।”

कार्यक्रम शुरु भएलगत्तै १२ जना कृषकहरुले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उहाँले जानकारी दिनुभयो । त्यसबापत किसानलाई रु एक लाख ८२ हजार २७९ भुक्तानी भइसकेको छ । अहिलेसम्म गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका किसानले आफ्ना पशुवस्तुको निःशुल्क बीमा गराइसकेको उहाँको भनाइ छ । 

अहिलेसम्म निःशुल्क बीमा गर्नेहरुमा कुखुरापालक किसान बढी रहेको प्रमुख डा भट्टले बताउनुभयो । निःशुल्क पशुपन्छी बीमा कार्यक्रमका लागि प्रदेश सरकारबाट रु ४२ लाख बजेट प्राप्त भएको उहाँले जानकारी दिनुभयो । “अहिलेसम्म कति जना किसानका पशुपन्छी निःशुल्क बीमा गरिदिने भन्ने छैन”, प्रमुख डा भट्टले भन्नुभयो । उहाँले अहिलेसम्ममा किसानले करिब रु आठ लाखबराबरको निशुल्क बीमा गराइसकेको जानकारी दिनुभयो । गोरखामा पोटेन्सियल जनरल इन्स्युरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनीले पशुपन्छीको बीमा गराउँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की