२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किबी खेतीले मनग्य आम्दानी

२०७७, २ मंसिर मंगलवार ०८:१७

मङ्सिर २, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।  

वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टी नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका–१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । 

तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाईलाई कोसेली दिन आग्रह गर्नुभएका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ । विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडा पसल समेत छ तर व्यवसाय भन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्र्चित किबी किसानाको रुपमा चिनिनुभएको छ । 


 घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले शुरु गरेको किबीखेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ । व्यावसायिक रुपमा शुरु गरिएको किबीखेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् ।

पाँच वर्षअघि तीन सय बोटबाट शुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ । यो वर्ष एक हजार ५०० केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताउनुभयो । बाँझो जमिनको सदुपयोग गरी शुरु गरिएको किबी शद्ध अर्गानिक रहेको उनको भनाइ छ । नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारीले बताउनुभयो । 

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । पौष्टिक हिसाबले फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ । 

धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ । व्यावसायिक रुपमा खेतीको शुरुवात गरे पनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ । स्थानीय सरकारले आफूसँग किबी खेतीसम्बन्धी प्राविधिक नभएको जनाएको छ । कृषि ज्ञान केन्द्रले प्राविधिक सेवा दिने भने पनि कुनै पनि कर्मचारी र प्राविधिकलाई यस क्षेत्रमा परिचालन गर्न नसकिएको किसानको गुनासो छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने