साउन २०, इलाम । किसानले अग्र्यानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, इलाम । किसानले अग्र्यानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् । 
१७ माघ २०८२, शुक्रबार
इलाम - ILM

इलामका किसानले मागे चिया उत्पादन गर्ने अनुदान

२० श्रावण २०७३, बिहीबार ०७:३९

साउन २०, इलाम । किसानले अग्र्यानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् । 
अग्र्यानिक चियाको माग अन्तर्राष्ट्रियस्तरसम्म रहेकाले मागअनुसारको चिया उत्पादन गर्न किसानले सरकारी अनुदानको माग गरेका हुन् । अग्र्यानिक चियामा धेरै परिश्रम र लगानी गर्नुपर्ने भएकाले किसानको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै सरकारी सहयोग माग गरिएको गोपाल निरौला बताउनुहुन्छ । 
अर्थाडक्स चियाको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा अग्र्यानिक चिया बिक्री हुने गरेकाले किसान अग्र्यानिक चिया उत्पादनतर्फ आकर्षित भएका छन् । तर अग्र्यानिक चिया उत्पादनका लागि आवश्यक जैविक विषादी र मलखाद अभाव हुने गरेकाले किसान समस्यामा परेका छन् । उनीहरुले सहज रूपमा अनुदानमा जैविक मल र विषादी उपलब्ध गराउन माग गर्दैआएका छन् । 
सरकारले अनुदानमा जैविक विषादी उपलब्ध गराए मात्र लगानीको मूल्य उठाउन सकिने किसान सोमनाथ शर्मा बताउनुहुन्छ । अहिले इलामका चिया प्रशोधन कारखानाले रासायनिक मल प्रयोग गरी उत्पादन भएको हरियो चियाको मूल्य प्रतिकिलो रु ३० देखि रु ३५ तथा अग्र्यानिक चियाको मूल्य प्रतिकिलो रु ६० मा बिक्री गर्दै आएका छन् । 
जिल्लाका कन्याम, श्रीअन्तु, सुलुबुङ, कन्याम, कोल्बुङ, फाकफोक, शान्तिडाँडा, पशुपतिनगर र साँखेजुङलगायतका किसान अग्र्यानिक चिया उत्पादन गर्दैआएका छन् । सरकारले अग्र्यानिक चिया खेतीका लागि किसानलाई ब्याजमा छुट दिएर ऋण प्रदान गर्नुपर्नेमा केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले जोड दिनुभयो । 
इलामको चियाको मुख्य बजार जर्मनी हो । पछिल्लो समयमा हल्याण्ड र अस्ट्रियाका व्यापारीले समेत इलामको चिया मन पराएको बताइएको छ । छ हजार ५८१ हेक्टरमा चिया विस्तार गरी वार्षिक दुई हजार १० मेट्रिक टन तयारी चिया उत्पादन हुँदै आएको छ । यसमध्ये २० प्रतिशत किसानले मात्र अग्र्यानिक चिया उत्पादन गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक