साउन २०, इलाम । किसानले अग्र्यानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, इलाम । किसानले अग्र्यानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् । 
२०८२, ३० फाल्गुन शनिबार
इलाम - ILM

इलामका किसानले मागे चिया उत्पादन गर्ने अनुदान

२०७३, २० श्रावण बिहीबार ०७:३९

साउन २०, इलाम । किसानले अग्र्यानिक चिया उत्पादनका लागि सरकारले अनुदान सहयोग गर्नुपर्ने माग गरेका छन् । 
अग्र्यानिक चियाको माग अन्तर्राष्ट्रियस्तरसम्म रहेकाले मागअनुसारको चिया उत्पादन गर्न किसानले सरकारी अनुदानको माग गरेका हुन् । अग्र्यानिक चियामा धेरै परिश्रम र लगानी गर्नुपर्ने भएकाले किसानको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै सरकारी सहयोग माग गरिएको गोपाल निरौला बताउनुहुन्छ । 
अर्थाडक्स चियाको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा अग्र्यानिक चिया बिक्री हुने गरेकाले किसान अग्र्यानिक चिया उत्पादनतर्फ आकर्षित भएका छन् । तर अग्र्यानिक चिया उत्पादनका लागि आवश्यक जैविक विषादी र मलखाद अभाव हुने गरेकाले किसान समस्यामा परेका छन् । उनीहरुले सहज रूपमा अनुदानमा जैविक मल र विषादी उपलब्ध गराउन माग गर्दैआएका छन् । 
सरकारले अनुदानमा जैविक विषादी उपलब्ध गराए मात्र लगानीको मूल्य उठाउन सकिने किसान सोमनाथ शर्मा बताउनुहुन्छ । अहिले इलामका चिया प्रशोधन कारखानाले रासायनिक मल प्रयोग गरी उत्पादन भएको हरियो चियाको मूल्य प्रतिकिलो रु ३० देखि रु ३५ तथा अग्र्यानिक चियाको मूल्य प्रतिकिलो रु ६० मा बिक्री गर्दै आएका छन् । 
जिल्लाका कन्याम, श्रीअन्तु, सुलुबुङ, कन्याम, कोल्बुङ, फाकफोक, शान्तिडाँडा, पशुपतिनगर र साँखेजुङलगायतका किसान अग्र्यानिक चिया उत्पादन गर्दैआएका छन् । सरकारले अग्र्यानिक चिया खेतीका लागि किसानलाई ब्याजमा छुट दिएर ऋण प्रदान गर्नुपर्नेमा केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले जोड दिनुभयो । 
इलामको चियाको मुख्य बजार जर्मनी हो । पछिल्लो समयमा हल्याण्ड र अस्ट्रियाका व्यापारीले समेत इलामको चिया मन पराएको बताइएको छ । छ हजार ५८१ हेक्टरमा चिया विस्तार गरी वार्षिक दुई हजार १० मेट्रिक टन तयारी चिया उत्पादन हुँदै आएको छ । यसमध्ये २० प्रतिशत किसानले मात्र अग्र्यानिक चिया उत्पादन गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह