साउन २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भ"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि

२०७३, २२ श्रावण शनिबार ०९:१५

साउन २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भएको छ । 

केही समय अघिसम्म कीटनाशक औषधि र रासायनिक मल प्रयोग गरी खेती गर्ने यहाँका कृषक माटोको उर्वराशक्ति ह्रास हुँदै गएपछि कृषिजन्य उत्पादन (अन्न,फलफूल र तरकारी) मा कमी आएकाले रासायनिक मल प्रयोग गर्न छोडी जैविक मलतर्फ आकर्षित भएका हुन् । 

स्थानीयस्तरमा ‘गीति’ मलको नामले चिनिने जैविक मल र गाईवस्तुको गहुँतबाट बनाइएको जैविक औषधि प्रयोग गर्न थालेपछि तरकारी, फलफूल र अन्नबालीको उत्पादन दोब्बर वृद्धि भएको ज्यामरुककोटका कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । स्थानीयस्तरमा पाइने टिमुर, मरोटी, खुर्सानी, लसुन, वनमारा र खिर्राको मुन्टाजस्ता झारपातलाई गाईवस्तुको गहुँतमा १५ दिनसम्म प्लास्टिकको ड्रममा बन्द गरी राखेपछि कुहिएर जैविक मल तयार हुने कृषकले बताएका छन् । 

जैविक मलको प्रयोगले उत्पादनमा वृद्धि मात्र होइन उत्पादित वस्तुको स्वादमा पनि निकै भिन्नता आउने र पौस्टिक पनि हुने जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक श्याम क्षेत्रीले बताउनुभयो । ‘त्यतिमात्र होइन, जैविक मल र विषादीले खेतबारीमा लगाइएको बालीमा रोग र कीरासमेत नियन्त्रण गर्ने हुँदा उत्पादन बढ्छ ।’ प्राविधिक क्षेत्रीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार