साउन २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भ"/>
१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जैविक मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि

२२ श्रावण २०७३, शनिबार ०९:१५

साउन २२, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका ज्यामरुककोट, अर्थुङ्गे, सिङ्गा, रत्नेचौर र पुलाचौरलगायत अर्मन, भकिम्ली, बाबियाचौरसहितका एक दर्जन भन्दा बढी गाविसका किसानले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न थालेपछि कृषिजन्य उत्पादनमा दोब्बर वृद्धि भएको छ । 

केही समय अघिसम्म कीटनाशक औषधि र रासायनिक मल प्रयोग गरी खेती गर्ने यहाँका कृषक माटोको उर्वराशक्ति ह्रास हुँदै गएपछि कृषिजन्य उत्पादन (अन्न,फलफूल र तरकारी) मा कमी आएकाले रासायनिक मल प्रयोग गर्न छोडी जैविक मलतर्फ आकर्षित भएका हुन् । 

स्थानीयस्तरमा ‘गीति’ मलको नामले चिनिने जैविक मल र गाईवस्तुको गहुँतबाट बनाइएको जैविक औषधि प्रयोग गर्न थालेपछि तरकारी, फलफूल र अन्नबालीको उत्पादन दोब्बर वृद्धि भएको ज्यामरुककोटका कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । स्थानीयस्तरमा पाइने टिमुर, मरोटी, खुर्सानी, लसुन, वनमारा र खिर्राको मुन्टाजस्ता झारपातलाई गाईवस्तुको गहुँतमा १५ दिनसम्म प्लास्टिकको ड्रममा बन्द गरी राखेपछि कुहिएर जैविक मल तयार हुने कृषकले बताएका छन् । 

जैविक मलको प्रयोगले उत्पादनमा वृद्धि मात्र होइन उत्पादित वस्तुको स्वादमा पनि निकै भिन्नता आउने र पौस्टिक पनि हुने जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक श्याम क्षेत्रीले बताउनुभयो । ‘त्यतिमात्र होइन, जैविक मल र विषादीले खेतबारीमा लगाइएको बालीमा रोग र कीरासमेत नियन्त्रण गर्ने हुँदा उत्पादन बढ्छ ।’ प्राविधिक क्षेत्रीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक