कमल खत्री, साउन २३, म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल खत्री, साउन २३, म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा स"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशको नोकरी छाडेर गाउँमै चौंरीपालन

२३ श्रावण २०७३, आईतवार ०८:५१

कमल खत्री, साउन २३, म्याग्दी । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बा¥ह वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा समेत घरपरिवारका लागि राम्रो उपलब्धि भएको नदेखेपछि पुर्जाले गाउँमै केही काम गरेर घर खर्च जुटाउने निधो गरे । 

आठ वर्ष कतार र चार वर्ष साउदी अरबमा पसिना बगाएका पुर्जाले सात वर्षअगाडि मुस्ताङको लेतेबाट रु ११ लाख ५० हजारमा ५९ वटा चांैरी खरिद गरी शिखको बयलीखर्कमा चौंरीपालन सुरु गरेका थिए । सानो सङ्ख्याबाट सुरु गरेको चौंरीपालनलाई थप व्यावसायिक बनाउन पुर्जाले आफ्नो चौंरीपालन फार्ममा अहिले स्थानीय अर्का युवकलाई साझेदार बनाएका छन् । 

पुर्जाले शिख–४ स्वाँतका लोकबहादुर पाइजासँग साझेदारी गरी चौंरीपालनलाई थप व्यावसायिक बनाउन थालेका हुन् । उनीहरुकाको लालीगुराँस चौंरीपालन फार्ममा अहिले १ सय ३१ वटा चौंरी रहेका छन् । चौंरीपालनमा दुई जनाले करिब रु ४० लाख लगानी गरेको कृषक लोकबहादुर पाइजाले बताए । 

चांैरीपालनबाट उनीहरुले वर्षको दुई पटक चौंरीको आलो रगत बिक्री गर्ने गर्दैआएका छन् । यस अतिरिक्त मासु बेच्ने तथा घिउ र छुर्पी उत्पादन गर्ने काम पनि यहाँबाट हुन्छ । चांैरीपालनबाट वार्षिक रु ५ लाख बराबर आम्दानी हुने कृर्षक पुर्जाले बताए । “हरेक वर्ष आम्दानी बढ्दै गएको छ, यसलाई थप व्यवस्थित र व्यावसायिक बनाउन लागिपरेका छौँ,” पुर्जाले भने । 

चरनका लागि हिमाली क्षेत्रमा पुगेर जडीबुटीजन्य घाँस खाने चौंरीको आलो रगत पिएमा विभिन्न रोग निको हुने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने जनविश्वास छ । यही कारण हरेक वर्षको माघ र साउनमा बयलीमा चौंरीको रगत पिउने मेला सञ्चालन गरी उनीहरुले आम्दानी गर्दै आएका छन् । 

यो वर्षको साउन ५ देखि ११ गतेसम्म सञ्चालन गरेको चौंरी मेलाबाट रु ३ लाख आम्दानी भएको कृषक पुर्जाले बताए । विदेशमा अरुको नोकर बनेर काम गर्नुभन्दा आफ्नै गाउँमा गोठालो बनेर जीविका चलाउँदा आफूलाई बढी सन्तुष्टि मिलेको उनी बताउँछन् । 

“बा¥ह वर्षसम्म अरुको देशमा पसिना बगाएँ, त्यहाँको कमाइले घर खर्च बाहेक अरु केही उपलब्धि भएन, यहाँ आएर चौंरीपालनमा लागेको पनि ७ वर्ष भयो, चौंरीपालनबाटै हुने आम्दानीले घर खर्च जुटाउँदै केही बचत गर्न थालेको छु,” उनले भने । उनलाई गत असारमा जिल्ला पशु सेवा कार्यालयले उत्कृष्ट कृषक घोषणा गर्दै पुरस्कृत गरेको थियो । 

पुर्जासँगै चौंरीपालनमा लागेका ४१ वर्र्षीय पाइजाले वैदेशिक रोजगारीका क्रममा दुई वर्ष कतार र तीन वर्ष दुबईमा पसिना बगाएका थिए । अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा परिश्रम गरी जीवन चलाउने निधो गरी गाउँमै चौंरीपालनमा लागेका पाइजा पर्यटन व्यवसायीसमेत हुन् । पुर्जाले बयलीमा पर्यटकको सुविधाका लागि सामुदायिक लज समेत सञ्चालन गरेका छन् । 

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भम्रणमा आउने पर्यटकलाई लक्ष्य गरी बयलीमा सामुदायिक लज सञ्चालन गरिएको छ । यहाँको भम्रणमा आउने पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै चरन क्षेत्रमा रहेका चौंरीको अवलोकन गर्न पाउने थप आकर्षण रहेको छ । 

चौंरीपालनमा बर्सेनि गोठ बनाइरहनुपर्ने, पानीको व्यवस्थापन गर्न कठिनाइ हुने र चितुवाको आकक्रणबाट थुप्रै चौंरी मर्ने समस्या रहेको छ । म्याग्दीको खोप्रालेकमा हिमाञ्चल उच्च मावि र पाउद्वार मावि सञ्चालनार्थ आर्थिक स्रोत जुटाउन नागी पाउद्वार चौंरीपालन समिति, राम्चेमा बाबा समूह र शिखमा पुर्जा र पाइजाले व्यक्तिगत रुपमा चांैरीपालन गर्दै आएका छन् । 

जिल्ला पशु सेवा कार्यालका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले जिल्लाको शिख, पाउद्वार र राम्चेमा गरी करिब ४ सय चौंरी रहेका जानकारी दिए । उनका अनुसार चौंरीपालन व्यवसायमा लागेका कृषकलाई कार्यालयले चौंरीपालन प्रवद्र्धन तथा बृहत्तर चौंरीपालन कार्यक्रम अन्र्तगत परजीबी नियन्त्रणका साथसाथै भ्याक्सिन तथा नगद अनुदान समेत प्रदान गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’