२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैते धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

२६ जेष्ठ २०७८, बुधबार १०:३१

यज्ञराज आङदेम्बे । जेठ २६, दमक (रासस)। चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको हो । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरिदको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसानको माग छ । 

यहाँका किसान गत फागुन र चैतमा चैते—२ , चैते—४ र विजी जातको चैते धान लगाएको थियो । तर अहिले धानको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका हुन् । गौरीगञ्ज गाउँपालिका—१ महाभारास्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीले केही दिन अघिसम्म प्रतिमन रु ७ सय ५० बिक्री हुँदै आएको चैते धानको मूल्य दिनदिनै ओरालो लाग्ने क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजार मूल्य मनपरी छ, किसानले मेहेनतले फलाएको धानले उचित मूल्य नपाउँदा यहाँका किसान निराश भएका छन् ।” 

यहाँका गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलेमतोमा धानको मूल्य घटाउने गरेको किसानको भनाइ छ । विचौलियाका कारण यहाँका किसान सस्तो मूल्यमा धान बेच्न बाध्य हुनुपरेको गौरीगञ्ज— १ महामाराका किसान धनपति पौडेलले बताउनुभयो । प्रतिमन न्यूनतम रु ८०० मूल्य पाउनुपर्नेमा यतिबेला गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलोमतोमा प्रतिमन रु ६०० मा पनि धान खरिद गर्न आनाकानी गर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चैते धानको बजार मूल्यमा किसानलाई वर्षेनि यस्तै समस्या झेल्नुपरेको छ, त्यसैले चैते धानको न्यूनतम समर्थन मूल्य सरकारले निर्धारण गरिदिनुपर्छ ।”

गल्ला व्यापारी र धान मिल सञ्चालक र विचौलियाको मिलोमतोमा चैते धानको आफूखशी बजार मूल्य निर्धारण गर्दै आएकाले किसान मार्कामा परेको नेपाली कांग्रेस झापाका जिल्ला नेता भक्ति सिटौलाले बताउनुभयो । दुई विगहामा चैते धान लगाउनुभएका नेता सिटौलाले यो वर्ष पनि किसानले उत्पादन गरेका धान प्रतिक्वीन्टल रु एक हजार ५०० सम्म पनि पाउन नसकेको अवस्था रहेको बताउनुभयो । लागत अनुसार मूल्य नपाउँदा धान खेतीबाट किसान पलायन हुन थालेको उहाँको भनाइ छ । 

समयमै धानको मूल्य तोकेर खरीदको व्यवस्था गर्न सके धान बिक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने कमल गाउँपालिका—७ बाह्घरेका किसान विदुुर गिरीले वताउनुभयो । गौरीगञ्ज—१ का वडासचिव भोजकुमार अधिकारीले बजारमा सबै बस्तुको मूल्य आकासिएको तर किसानले दुःख गरेर फलाएको उत्पादन बेच्नै मुस्किल पर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “धानको उचित मूल्य नपाउनु किसानका लागि ठूलो चिन्ताको विषय हो, यसप्रति सरकार गम्भीर हुनैपर्दछ ।” 

विचौलियाको भरमा धानको मूल्य निर्धारण हुने गरेकाले कूल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमाथि चुनौती थपिएको गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताउनुभयो । मुलुकमा वर्षेनि करिब रु ३३ अर्व बराबरको कृषि उपज भारत तथा बङ्गलादेशबाट भित्रिने गरेको छ । यहाँको कृषि उत्पादनले लागत अनुसारको मूल्य नपाउँदा युवाहरु खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यताको अन्त्य अझै हुन नसकेको उहाँको भनाइ छ । 

२१ हजार हेक्टरमा चैते धान 

जिल्लामा २१ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा चैते धानको खेती हुदै आएको छ । सबैभन्दा बढी जिल्लाको कन्काई सिञ्चाई आयोजना क्षेत्रमा चैते धानको खेती हँुदै आएको छ । कन्काई नहरको पँहुचमा रहेका शिवसतासी, गौरीगञ्ज, गौरादह तथा कमल गाउँपालिकाका केही स्थानहरुमा चैते धानको अत्यधिक हुने गरेको बताइएको छ । यसैगरि जिल्लाको बनियानी, कचनकवल, झापा गाउँपालिका, बिर्तामोड, बुधबारे, दमक क्षेत्रमा पनि साना सिंचाई तथा भूमिगत सिंचाईबाट पनि चैते धानको खेती हुँदै आएको छ । चैते धान प्रतिहेक्टर ५ दशमलव ६ मेट्रिक टन उत्पादन हुँदै आएको छ । पछिल्ला दिनमा सिंचाई र जोत्नका लागि आधुनिक प्रविधिका ट्याक्टर, थ्रेसर तथा पावर टिलरको बढ्दो प्रयोगले समेत धान खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । तर लागत अनुसारको उचित मूल्य नपाउँदा यसतर्फ किसान निरास हुँदै गएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली