३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रासायनिक मल नपाउँदा किसान आक्रोशित

३ असार २०७८, बिहीबार ०६:४२

असार ३, डोटी (रासस)। डोटीमा रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । 

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ ।

रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले बताउनुभयो । यस वर्ष समयमै वर्षात् शुरु भई यहाँका विभिन्न ठाउँमा धान रोपाइँ शुरु भएको छ । मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बनेका सिलगढी नगरपालिका–४ गैराका किसान टीकाबहादुर विकले बताउनुभयो । 

जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । रोपाइँ शुरु हुँदासमेत मल नपाएको र जेठ महिनामा रोपाइँ गरिएका खेतमा अहिलेसम्म मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान रामबहादुर दमाईले बताउनुभयो । 

नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जानकारी दिनुभयो । कोरोना भाइरसका कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन् मल नपाउनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिका–१ का देवेन्द्र खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता भक्तपुरको बिस्केट जात्राको अवसरमा आज हात नभएको लिङ्गो उठाइयो लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित