साउन २९, कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ । 

सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्तनगरपालिका–९ ब्रम्ह्देवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणकार्य सुरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ । 

सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्तनगरपालिका–९ ब्रम्ह्देवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणकार्य सुरु"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नौलो प्रविधिको सिँचाइ आयोजना निर्माण

२९ श्रावण २०७३, शनिबार ०९:५७

साउन २९, कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ । 

सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्तनगरपालिका–९ ब्रम्ह्देवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणकार्य सुरु गरेको हो ।

“फोहराको माध्यमबाट ट्याङ्कीमा पानी सङ्कलन गरी पाइप मार्फत किसानका खेतमा यस प्रविधि मार्फत सिँचाइ सुविधा पु¥याउने कार्य गरिन्छ” सुप डिभिजन नं १ महेन्द्रनगरका लेखा अधिकृत वङ्शिधर भट्टले भन्नुभयो । 

अन्य प्रविधिको दाजोमा ट्याङ्कीबाट पानी छिटो तीव्र बेगका साथ किसानका खेतमा पुग्ने र छिटो सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो । 

आब ७२/७३ मा रु १९ लाखको लागतमा सिँचाइ आयोजनाको ट्याङ्की निर्माणको कार्य गरिएको छ । 

चालु आबमा सिँचाइ आयोजनाको बोरिङ जडान, पाइप राख्ने र बिछ्याउने कार्य हुने छ । यसका लागि झन्डै रु ८० लाख भन्दा बढी बजेट आवश्यक रहेको अधिकृत भट्टले बताउनुभयो । ३५ हेक्टर भन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाबाट यहाँका ६० परिवार किसान लाभान्वित हुने बताइएको छ । 

यसैगरी, डिभिजन कार्यालयकाअनुसार आव ७२÷७३ मा मझौला सिँचाइ योजना अन्तर्गत धारापानी, चुनेपानी तथा मुसेपानी सिँचाइ योजना तथा सेती महाकालीका ब्रह्मदेव र पालङ्गी झाडी योजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । चारवटै आयोजना निर्माणका लागि रु छ करोड बढी रकम खर्च गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला