साउन २९, कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ । 

सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्तनगरपालिका–९ ब्रम्ह्देवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणकार्य सुरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ । 

सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्तनगरपालिका–९ ब्रम्ह्देवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणकार्य सुरु"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नौलो प्रविधिको सिँचाइ आयोजना निर्माण

२०७३, २९ श्रावण शनिबार ०९:५७

साउन २९, कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ । 

सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्तनगरपालिका–९ ब्रम्ह्देवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणकार्य सुरु गरेको हो ।

“फोहराको माध्यमबाट ट्याङ्कीमा पानी सङ्कलन गरी पाइप मार्फत किसानका खेतमा यस प्रविधि मार्फत सिँचाइ सुविधा पु¥याउने कार्य गरिन्छ” सुप डिभिजन नं १ महेन्द्रनगरका लेखा अधिकृत वङ्शिधर भट्टले भन्नुभयो । 

अन्य प्रविधिको दाजोमा ट्याङ्कीबाट पानी छिटो तीव्र बेगका साथ किसानका खेतमा पुग्ने र छिटो सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो । 

आब ७२/७३ मा रु १९ लाखको लागतमा सिँचाइ आयोजनाको ट्याङ्की निर्माणको कार्य गरिएको छ । 

चालु आबमा सिँचाइ आयोजनाको बोरिङ जडान, पाइप राख्ने र बिछ्याउने कार्य हुने छ । यसका लागि झन्डै रु ८० लाख भन्दा बढी बजेट आवश्यक रहेको अधिकृत भट्टले बताउनुभयो । ३५ हेक्टर भन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाबाट यहाँका ६० परिवार किसान लाभान्वित हुने बताइएको छ । 

यसैगरी, डिभिजन कार्यालयकाअनुसार आव ७२÷७३ मा मझौला सिँचाइ योजना अन्तर्गत धारापानी, चुनेपानी तथा मुसेपानी सिँचाइ योजना तथा सेती महाकालीका ब्रह्मदेव र पालङ्गी झाडी योजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । चारवटै आयोजना निर्माणका लागि रु छ करोड बढी रकम खर्च गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल