२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दुग्ध उत्पादन बढाउन गोरखाका भैंसीपालक किसानलाई अनुदान

२०७८, ३२ श्रावण सोमबार ०६:२३

साउन ३२, गोरखा (रासस)। पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

“सबै किसानले गोठमा भैँसी ल्याएपछि प्रत्येकलाई खरिदबापत रु ३० हजार तथा ढुवानीबापत रु दुई हजार ५०० अनुदान रकम उपलब्ध गराइएको हो”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारको सर्शत् कार्यक्रम भएकाले नगरपालिकाले पनि साझेदारी कार्यक्रमअन्तर्गत दुई प्रतिशत सहुलियत ब्याजदरमा प्रत्येक किसानलाई रु ५० हजार ऋण सहयोग उपलब्ध गराएको छ ।”

नगरपालिका क्षेत्रमा दूधको माग बढी हुने गरेको भए पनि व्यावसायिक रुपमा उत्पादनमा लाग्ने किसान न्यून भएकाले प्रोत्साहनका लागि अनुदान कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । “विशेष गरी नगरपालिकालाई दूधमा आत्मानिर्भर बनाउने कार्यक्रमको लक्ष्य हो”, प्रमुख देवकोटाले भन्नुभयो, “दूधको माग बढी छ, तर व्यावसायिक रुपमा उत्पादनका लागि पशुपालन गर्ने किसानको सङ्ख्या न्यून भएकाले व्यावसायिक दूध उत्पादनमा सहयोग पुर्याउन कार्यक्रम सञ्चालन गरिएको हो ।”

अनुदान उपलब्ध गराउनु अघि शाखाबाट प्रत्येक किसानको घरघरमा पुगेर भैँसी पाल्नका लागि घाँस, गोठको अवस्थाका बारेमा समेत अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । अनुदान उपल्ब्ध गराएका भैँसीपालक समूहबाट दूध उत्पादन सुरु भइसकेको प्रमुख देवकोटाले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत वडा नं ४ ठाँटीचौरस्थित ठाँटी चौर भैँसीपालन समूह र वडा नं ५ माँझखोरस्थित श्री लिगलिग पशु कृषि सामुदायिक समितिका गरी २० किसानलाई अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो । 

त्यस्तै वडा नं ५ माँझखोरस्थित श्री नौखोर पशुपालक किसान समूह, वडा नं १ को ज्योति चौतारामा रहेको श्री ज्योति दुग्घ संस्थान किसान समूह र वडा नं १० लप्सी चौरस्थित श्री मिलिजुली पशुपालन समूहमा आवद्ध भएका २८ किसानलाई अनुदान रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । 

प्रमुख देवकोटाले भैंसी खरिद ढुवानीमा प्रदान गरिएको बाहेक प्रत्येक भैंसीपालक किसान समूहलाई रु पाँच हजारका दरले समूह सञ्चालनका लागि खर्च रकम प्रदान गरिएको बताउनुभयो । समूहगत रुपमा कार्यक्रम सञ्चालन गरिएकाले सबै समूहले समूह दर्ता गरी नियमित रुपमा सञ्चालन गर्न सहयोग पुगोस् भनेर आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला