२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तनहुँमा दुग्ध उत्पादक किसानलाई अनुदान

२०७८, ३ फाल्गुन मंगलवार ०९:३३

फागुन ३, तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका दरले अनुदान दिन थालेको हो । 

गतवर्ष जिल्लाका बाह्रवटा सहकारीमार्फत रु ४५ लाख अनुदान रकम वितरण गरेकामा यस वर्षको लागि रु ४० लाख विनियोजन भइसकेको कार्यालयका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी  दिनुभयो । गत वर्षका तुलनामा यसवर्ष बजेट कटौती भएका कारण बजेट घट्ने सो कार्यालयले जनाएको छ ।

किसानलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर अनुदान कार्यक्रम राखिएको हो । उहाँले भन्नुभयो,“दूधमा जिल्ला आत्मनिर्भर बनि बाह्य जिल्लामा समेत निर्यात गर्न सफल भइसकेकोले त्यसलाई कायम राख्न अनुदान कार्यक्रम लागू गरिएको हो ।” व्यास नगरपाकिामा सात हजार ५०० , बन्दिपुरमा ६ हजार ५००, भानुमा पाँच हजार ३००, शुक्लामा पाँच हजार दूध उत्पादन हुदैआएको छ ।

जिल्लामा वार्षिक तीन हजार ८०० मेट्रिक टन दूध उत्पादन हुँदैआएको उहाँले बताउनुभयो । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रतिव्यक्ति क्षमता पुगेको छ । 

त्यसैगरी, मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख, दूध तीन हजार ८०० मेट्रिक टन दूध वार्षिक उत्पादन हुदै आएको उहाँले बताउनुभयो । त्यसैगरी मासु प्रतिव्यक्ति वार्षिक रु १४ किलो आवश्यक पर्नेमा १४.१५ किलो रहेको छ, भने अण्डा प्रतिव्यक्ति ४८ पर्नेमा ८१ वटासम्म क्षमताको रहेको छ । 

त्यसैगरी माछा ९० मेट्रिक टन उत्पादन हुदै आएकोमा माछाको उत्पादन वृद्धिको लागि आवश्यक पहल भइरहेको सो कार्यालयले जनाएको छ । माछापालन किसानलाई प्रोत्साहन गर्न कार्यालयले पोखरी खन्न र माछाका भुरामा अनुदान लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो