२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खरबुजाकाे भाउ घटेपछि किसान मारमा, किलोको कति ?

२०७९, २१ बैशाख बुधबार ०२:४५

वैशाख २१, काठमाडौँ । शिवसताक्षी- ५ का धनकुमार ताजपुरियाले माई नदी बगरको चार बिघामा खरबुजा खेती गरेका छन् । उनले वैशाख पहिलो साताबाट खरबुजा बिक्री सुरु गरे । हिउँद भर दुःख गरेर लगाएको खरबुजा राम्रो फलेपछि खुसी थिए, उनी । तर, चैत अन्तिम साता आएको असिनाले उनको खरबुजामा क्षति पुर्‍यायो । ‘असिनाले त बर्बाद नै गर्‍यो नि ! निकाल्ने बेला भएको सबै खरबुजा फुटायो । पहिलो लटको त काम नै लागेन,’ उनले न्युज कारखानासँग भने । 

उनले खेतीका लागि बगरमा मलजल गरे । बगरमा ‘पैसा’ फलाउन सकिन्छ कि भन्‍ने आसले दुःख गरे । यहाँ आफ्नो पसिना मात्र खर्च गरेका छैनन् । ताजुरियाले सात लाख रुपैयाँ लागत पनि लगाएका छन् । अहिले बजारमा खरबुजाकाे भाउ एक्कासी घट्दा चिन्तामा छन्, उनी । ‘गत वर्ष यो बेलामा ४०-५० रुपैयाँ केजीमा खरबुजा बिक्री हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त १० रुपैयाँ केजीले बेच्नुपरेको छ ! यसपटक त नाफा त परको कुरा लगानी पनि नउठ्ने खतरा छ !’ 

शिवसताक्षी-४ का सन्तोषकुमार ताजपुरियाले पनि माई खोलाको बगरमा खरबुजा लगाएका छन् । स्वदेशमै केही गर्ने उद्देश्यले उनले माई खोलाको बगरमा खरबुजा खेती लगाएका हुन् । ‘स्वदेशमै केही गर्नुपर्छ । विदेश जान हुँदैन भन्‍ने लागेर खरबुजा खेतीमा लागेको हुँ,’ उनी भन्छन्, ‘कहिले लकडाउनले समस्या पार्छ । कहिले असिनाले समस्या पर्छ ।’


उनी आफैँ स्थानीय बजारमा खरबुजा बिक्री गर्न लैजान्छन् । गौरादह, गौरीगञ्ज, शिवगञ्जलगायतका बजारसम्म बेच्न लैजान्छन् । आफैँ बेच्न लैजाँदा पनि प्रति केजी १० रुपैयाँ मात्र आउने गरेको उनी बताउँछन् । ‘आफैँ बेच्न ल्याउँदा पनि १० रुपैयाँ केजी बेच्नुपरेको छ । एकदम समस्या भएको छ । लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘ऋण गरेर ल्याएको पैसा डुब्यो भने त समस्या हुन्छ ।’ सिजनको सुरुवातमा ३० रुपैयाँ केजीसम्म खरबुजा बिक्री भएको उनी बताउँछन् । तर, सुरुमा असिनाका कारण खरबुजा फुटेर बिक्री गर्नै नपाएको उनको भनाइ छ ।

‘सुरुमा ३०-३५ रुपैयाँ केजी थियो । अहिले १० रुपैयाँ छ । तर, मूल्य धेरै भएको बेलामा खरबुजा निकाल्नै पाइएन सबै खरबुजा असिनाले फुटायो,’ उनी भन्छन्, ‘यो दोस्रो लटले कतै लगानी त उठाउला कि भनेको भाउ छैन । बजारमा एकैपटक खरबुजा निस्किए । त्यसकारण पनि मूल्य एकैपटक घट्यो । ६ लाख भन्दा धेरै लगानी छ । साथीहरू मिलेर खेती गरेका हौँ । यसपटक लगानी उठ्नै गाह्रो हुने भयो । यसपटक हाम्रो मात्र हैन धेरैको क्षति भयो । हाम्रो त रूवाबासी नै भएको छ ।’

बर्सेनि कुनै न कुनै रूपमा किसानले समस्या भोगेकै छैन । कहिले बाढीपहिरो त कहिले कोरोना महामारी । तर, स्थानीय सरकारले किसानलाई केही सहयोग नगरेको ताजपुरिया बताउँछन् । ‘यस्तो गाह्रो पर्दा पनि स्थानीय सरकारले कहिल्यै सहयोग गरेन । नगरपालिकामा बुझ्दा केही सहयोग छैन भने । स्वदेशमै केही गर्छु भनेर लाग्नु त धेरै गाह्रो पो रहेछ,’ उनले भने । झापाको माई, बिरिङ र मेची नदीको बगरमा स्थानीयले खरबुजा खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा