३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘माटो जोगाऔं’भन्दै काठमाडौंबाट दौडिएर बाराको निजगढ आइपुगे नवीन

५ असार २०७९, आईतवार १५:०६

असार ५, बारा | ‘माटो जोगाऔं’अभियान लिएर तीन हजार पाँच सय किलोमिटर दौड सुरु गरेका पर्वतका नवीन पुन मगर आठौं दिन बारा आइपुगेका छन् । गत आइतबार काठमाडौंदेखि माटो बचाउन दौड सुरु गरेका पुन करिब ३ सय किलो मिटर दौडेर निजगढ आइपुगेका हुन् । 

पुनसहित यस अभियानका सदस्यलाई निजगढमा गौरी शंखर फाउडेसनले स्वागत गरिएको छ । अभियानलाई निजगढमा गौरी शंखर फाउडेसनका अध्यक्ष खड्गराज मैनाली र सचिव दीपक सापकोटाले स्वागत गरिएको थियो ।

माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सन्देशका साथ ३ हजार ५ सय किलोमिटर दौडेर ७७ जिल्लामै पुग्ने योजना रहेको अभियानका सदस्य सनम लिम्बुले बताए । अहिले माटोमा जैविक मात्रा घट्दै गएको उनको भनाइ छ । यही कारण उत्पादकत्व घट्नुका साथ स्वस्थकर खानेकुराको उत्पादन पनि घट्दै गएको उनले बताए ।

यही रफ्तारमा जैविक मात्रा घट्दै गए अबको २० देखि २५ वर्षमा खानका लागि मानिस–मानिसबीच युद्ध हुने अर्का अभियानका सदस्य निर्मल श्रेष्ठको भनाइ छ । ‘माटोको जैविक मात्रा बढाउन नसक्ने हो भने अबको २०–२५ वर्षमा खानका लागि युद्ध हुन्छ । लेखेर राख्नुस् हामीले माटो बचाउन सकेनौं भने खानकै लागि युद्ध हुन्छ’, उनले भने ।

हरेक सेकेन्डमा सात रोपनी जग्गा मरुभूमिमा परिणत हुने गरेको पुनले बताए । उनले माटोमा रासायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्ने र यसका लागि सरकारले नै नीति ल्याउनुपर्नेमा उनले जोड दिए । उनी काठमाडौंबाट धादिङ हुँदै पर्साको बिरगञ्ज भएर बाराको निजगढ आएका हुन् । नवीनले करिब ७५ दिनमा ७७ वटै जिल्लामा माटो जोगाऔं भन्दै दौड सक्ने योजना रहेको बताए ।

‘अहिले माटो मर्दै गएको छ । माटो स्वस्थ भए हामी स्वस्थ हुन्छौं,’ उनले भने, ‘हिजो हामीले खानेकुरामा जति पाउने शक्ति थियो अहिले त्यो घटेर छ त्यसको दशगुण खाँदा पनि हामीलाई चाहिने शक्ति प्राप्त हुँदैन । त्यसैले माटोको क्षमता बढाउन र माटोलाई स्वस्थ राख्न हामी सबैले सहयोग गर्न पर्छ’ पुनले भने । 

अहिले विश्वव्यापी रूपमा नै माटो जोगाऔं अभियान चलिरहेको छ । यो अभियान सद्गुरुले सुरु गरेका हुन् । यही अभियानका क्रममा सद्गुरुले ६५ वर्षको उमेरमा २७ राष्ट्रहरू हुँदै, सय दिनमा दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरेका थिए । नेपालमा इसा फाउण्डेशनमार्फत उक्त अभियान सुरु भएको हो । यसका लागि फाउण्डेशनले देशभर तीन हजार स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन