२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘माटो जोगाऔं’भन्दै काठमाडौंबाट दौडिएर बाराको निजगढ आइपुगे नवीन

२०७९, ५ असार आईतवार १५:०६

असार ५, बारा | ‘माटो जोगाऔं’अभियान लिएर तीन हजार पाँच सय किलोमिटर दौड सुरु गरेका पर्वतका नवीन पुन मगर आठौं दिन बारा आइपुगेका छन् । गत आइतबार काठमाडौंदेखि माटो बचाउन दौड सुरु गरेका पुन करिब ३ सय किलो मिटर दौडेर निजगढ आइपुगेका हुन् । 

पुनसहित यस अभियानका सदस्यलाई निजगढमा गौरी शंखर फाउडेसनले स्वागत गरिएको छ । अभियानलाई निजगढमा गौरी शंखर फाउडेसनका अध्यक्ष खड्गराज मैनाली र सचिव दीपक सापकोटाले स्वागत गरिएको थियो ।

माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सन्देशका साथ ३ हजार ५ सय किलोमिटर दौडेर ७७ जिल्लामै पुग्ने योजना रहेको अभियानका सदस्य सनम लिम्बुले बताए । अहिले माटोमा जैविक मात्रा घट्दै गएको उनको भनाइ छ । यही कारण उत्पादकत्व घट्नुका साथ स्वस्थकर खानेकुराको उत्पादन पनि घट्दै गएको उनले बताए ।

यही रफ्तारमा जैविक मात्रा घट्दै गए अबको २० देखि २५ वर्षमा खानका लागि मानिस–मानिसबीच युद्ध हुने अर्का अभियानका सदस्य निर्मल श्रेष्ठको भनाइ छ । ‘माटोको जैविक मात्रा बढाउन नसक्ने हो भने अबको २०–२५ वर्षमा खानका लागि युद्ध हुन्छ । लेखेर राख्नुस् हामीले माटो बचाउन सकेनौं भने खानकै लागि युद्ध हुन्छ’, उनले भने ।

हरेक सेकेन्डमा सात रोपनी जग्गा मरुभूमिमा परिणत हुने गरेको पुनले बताए । उनले माटोमा रासायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्ने र यसका लागि सरकारले नै नीति ल्याउनुपर्नेमा उनले जोड दिए । उनी काठमाडौंबाट धादिङ हुँदै पर्साको बिरगञ्ज भएर बाराको निजगढ आएका हुन् । नवीनले करिब ७५ दिनमा ७७ वटै जिल्लामा माटो जोगाऔं भन्दै दौड सक्ने योजना रहेको बताए ।

‘अहिले माटो मर्दै गएको छ । माटो स्वस्थ भए हामी स्वस्थ हुन्छौं,’ उनले भने, ‘हिजो हामीले खानेकुरामा जति पाउने शक्ति थियो अहिले त्यो घटेर छ त्यसको दशगुण खाँदा पनि हामीलाई चाहिने शक्ति प्राप्त हुँदैन । त्यसैले माटोको क्षमता बढाउन र माटोलाई स्वस्थ राख्न हामी सबैले सहयोग गर्न पर्छ’ पुनले भने । 

अहिले विश्वव्यापी रूपमा नै माटो जोगाऔं अभियान चलिरहेको छ । यो अभियान सद्गुरुले सुरु गरेका हुन् । यही अभियानका क्रममा सद्गुरुले ६५ वर्षको उमेरमा २७ राष्ट्रहरू हुँदै, सय दिनमा दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरेका थिए । नेपालमा इसा फाउण्डेशनमार्फत उक्त अभियान सुरु भएको हो । यसका लागि फाउण्डेशनले देशभर तीन हजार स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा