भदौ २९, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न "/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

अदुवा निर्यात समस्या समाधानका लागि समिति गठन

२९ भाद्र २०७३, बुधबार ०५:५५

भदौ २९, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न मन्त्रालयका उपसचिव डा प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । 

समितिको सदस्यमा कृषि विभाग, कृषि उद्यम केन्द्र, व्यवसायी प्रतिनिधि, वाणिज्य विभागका प्रतिनिधि सहभागी छन् । झापा, काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्जलगायत निर्यातमा समस्या भएका नाका क्षेत्रमा अध्ययन गर्नेछ । अदुवाको गुणस्तरीय उत्पादनको पनि छानबिन तथा अन्य आवश्यक नियमन गरी मन्त्रालयलाई चाँडो प्रतिवेदन बुझाउनेछ । 

मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले समस्या समाधानका लागि नयाँ दिल्लीमा प्रतिनिधि पठाइसकिएको जानकारी दिँदै समितिले अध्ययन गरी दिने प्रतिवेदनका आधारमा समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अदुवाको निर्यात हुन नसकेपछि कृषकले त्यसको उचित वातावरण मिलाइदिन सरकारसँग माग गर्दै आएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव