वीर बहादुर चन्द । हामी हिन्दुहरु गाईलाई गौमाता भनेर सकि न सकि रटलगाइरहेका छौँ । तर व्यवहारमा भने हामीहरुको कोसङ्ग तुलना गर्ने यो कुरा पाठकमा छोडी दिएको छु ।
अब समस्या समाधान तिर लाग्नु नै बेश होला । गाईहरुलाई दूध दोहेर अधिकाँश जनहरुले छोडी दिएको पाइन्छ । कृषकहरुलाई अत्याधिक मारपरेको छ । हुनत अरु क्षेत्रमा पनि अप्ठ्यारोपन न आएको होइन ।
समस्या समाधानका लागि गहिरेर सोच्नु पर्ने हुन्छ । समस्या उत्पन्न कहाँ बाट भयो ? यो अनुसन्धानको विषय हो । समस्याको जरो पत्तालगाई जरोनै उखेलि दिए पछि समस्या समाधान भै नै हाल्छ ।
यसकारण गा.वि.स., न.पा., जि.वि.स., जिल्ला प्रशासनले सक्रिय भएर गाईपालकहरूद्वारा उत्पन्न आतंकलाई समाधानको लागि निम्नवमोजिमका उपायहरू अपनाउन जरुरी देखिन्छ ।
गाई, गोरू, भैंसी, बाख्राको लगत टोल, गाउँ, शहरवाट अनिवार्य रूपमा लिनु पर्छ । र निम्नानुसार कार्य गर्नु पर्ने हुन्छ:
क) गाई, गोरू, भैंसी, बाख्राहरुको प्रष्ट देखिने अंगमा स्टाम्प लगाउने सम्बन्धित संस्थाले ।
ख) बाच्छा, बाच्छी, पाडा, पाडी, जन्मेको ७ दिन भित्र आधिकारिक संस्थालाई सुचित गर्ने ।
ग) गाई, गोरू, भैंसी बेचेको, साँटासाँट गरेको ७ दिन भित्र सम्बन्धित कार्यालयलाई पालकले सूचना दिनु पर्ने छ ।
घ) गाई, गोरू, भैंसी हराएको, चोरेको, मरेको अवस्थामा ७ दिन भित्र सम्बन्धित कार्यालयलाई सूचित गर्ने ।
ङ) अनावश्यक गाई, गोरूको लागि गा.वि.स., न.पा.मा सार्वजनिक पशुपालन केन्द्रको व्यवस्था मिलाउने ।
अंतमा नारा, जुलुस निकालेर र एक पक्षले अर्को पक्षलाई गालीगलौज गरेरे समस्या समाधानको सट्टा झन अशान्ति फैलिन्छ । जस्तो वर्तमानमा कञ्चनपुरमा भएको छ । एक ठाउँका गाई, गोरू अर्को ठाउँ पुर्याएर पनि समस्या झन बढेको छ । छिमेकीहरूले पनि यस्ता समस्या समाधानका लागि अझै चनाखो, ईमान्दार, समाज सेवाको भावना बोकेर हिडनु पर्ने हुन्छ । सम्पूर्ण समाजसेवीहरु आफु जागौं र अरुलाई जगाउँ ।