युवराज पन्त । मेरो हजुर वुवाले भन्नु हुन्थियो । विचरा राहुल केही बढी सोच्न पनि सक्दैन र एक जना पाहुना पाल्न पनि सक्दैन थप्नुह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवराज पन्त । मेरो हजुर वुवाले भन्नु हुन्थियो । विचरा राहुल केही बढी सोच्न पनि सक्दैन र एक जना पाहुना पाल्न पनि सक्दैन थप्नुह"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

कतै हजुर वुवाले भनेजस्तो भएको त हैन ?

२० श्रावण २०७३, बिहीबार १३:१५

युवराज पन्त । मेरो हजुर वुवाले भन्नु हुन्थियो । विचरा राहुल केही बढी सोच्न पनि सक्दैन र एक जना पाहुना पाल्न पनि सक्दैन थप्नुहुन्थ्यो अर्काले दिएको बुद्धि र खर्चले कहिल्यै प्रगति हुन सक्दैन । त्यो बेलामा म अलिक सानो थिएँ । 

त्यसैले हजुर बुवाको त्यो गहन कुराको अर्थ  मेरो सानो मस्तिष्कले बुझ्न सक्दैनथ्यो र फेरी सोधेर बुझ्ने प्रयास पनि गर्दिन थेँ । तर अजभोलि हाम्रो देशको अवस्था र धेरै नेता तथा कर्मचारीका क्रियाकलापहरु र व्यवहारहरु देख्दा हजुर बुवाको “ अर्काले दिएको बुद्धि र खर्चले कहिल्यै प्रगति हुन सक्दैन ” भन्ने वाक्यले सार्थकता पाएको महसुस हुनछ । 

कतै हाम्रो देशमा विकासको गति मन्द हुनु त्यसैले त हैन ?? धेरैको भाषण हल्लाको भरमा हुन्छ । त्यस्तै विकास अगाडि बढ्छ, अर्काको भरमा । पीडितको सहयोगी र आडभरोशा बनछन्, अर्काले दिएको खर्चमा । यर्थाथको धरातलमा नटेकिएको भाषण, आफ्नो स्थायी आयविनाको विकास र मागेर गरेको सहयोगले कुन क्षेत्रमा कति प्रगति गर्न सक्छ ? कहिले होला धेरै कुरामा आत्म निर्भर हुने ?? 

जबसम्म देशमा भएका स्रोतसाधनहरूलाई परिचालन गरी बढीभन्दा बढी प्रयोगमा ल्याइँदैन, तबसम्म आशा गरेअनुसार विकासको गति अगाडि बढ्न सक्दैन । त्यसको लागि ज्ञान, सीप, योग्याता, दक्षता, इमान्दारिता, नैतिकता, उत्तरदायित्व, सहभागिता, सकारात्मकता आदिको आवश्यकता पर्छ । 

जुन असल शिक्षाबाट मात्र सम्भव छ । विकासको गतिलाई दौडाउन राज्यले राम्रो शिक्षाको व्यवस्था गर्नु पर्छ । तर यहाँ नीति निर्माताहरूले नै शिक्षा क्षेत्रका लागि विभेदकारी नीति बनाउँछन् भने देशको विकास हुन सक्ला ?? 

शिक्षा देश विकास तथा संस्कृतिको सकारात्मक परिवर्तन गर्ने मेरुदण्ड हो । यो क्षेत्र इज्जतदार, व्यवस्थित तथा प्रभावकारी हुनु पर्छ । तर यहाँ यसै क्षेत्रलाई अत्यन्तै हेलाको दृष्टिले हेरिन्छ । यहाँ सबैभन्दा अमार्यादित र अस्तव्यस्तता यसै क्षेत्रमा भेटिन्छ । सायद विदेशीको बुद्धि र खर्चमा चलेर होला मनपरी हुने गरेको । नीति निर्माताले पनि विभेद गरेको । अहिले यो क्षेत्रमा अत्यन्त धेरै विकृति तथा विसंगति मौलाएका छन् । केही यस्ता छन् :

-माथिल्लो तहको शिक्षकको मनोबल गिराउँदै तल्लो तहको प्र. अ. बनाउनु,

-प्रथम श्रेणीका शिक्षकहरूलाई निर्देशन तथा नियन्त्रण गर्न द्वितीय श्रेणीको हाकिम हुने कार्यालयको व्यवस्था गर्नु ,

-सबै श्रेणी तथा तहका शिक्षकहरूलाई भेडाबाख्रा सरह एकै ठाउँमा राखी तालिम दिनु,

-जुनसुकै तहमा बढुवा भएपनि तलब बाहेक कर्मचारी सरह अन्य सेवासुविधामा नदिनु,

-लिखित परीक्षामा सफल भएका र बढुवा भएका शिक्षकहरूलाई नियुक्ति पत्र दिँदा जि.शि.का. ले पैसा उठाउनु,

-माथिल्लो तहको शिक्षकलाई समेत तल्लो तहका स्रोत व्यक्ति लगायतले अनुगमन तथा मूल्यांकन गर्नु,

-तोकिएको तहअनुसार पढाएर आफ्नो उत्तरदायित्व बहन गर्न नपाउनु ,

-तालिममा भत्ता अन्य कर्मचारी सरह नदिइ निकृष्ट व्यवहार गर्नु,

-हरेक कुरामा शिक्षकहरूलाई अमार्यादित व्यवहार गर्नु,

-नियुक्तिमा तोकेभन्दा बाहेक अन्य विषय पढाउन बाध्य पारिनु,

-कक्षा, तह तथा विषयगत शिक्षकको व्यवस्था नगरिनु,

-स्रोत व्यक्ति स्वच्छ प्रतिस्पर्धामा नभै आस्थाको आधारमा नियुक्ति गर्नु , 

-शिक्षकको भरपर्दो व्यवस्थापन नगरी जथाभावि विद्यालय खोल्न दिनु,

व्यक्ति, समाज तथा देश हाक्नेहरूको मनमस्तिष्कलाई प्रभावकारी कार्य गर्न प्रोत्साहित गर्न अतिमहत्वपूर्ण मानिने शिक्षा क्षेत्रमा यति धेरै बेथिति तथा विसंगति हुनुमा कतै हजुर बाले भनेजस्तै भएको त हैन ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत